नेप्सेमा उच्च अङ्कको गिरावट



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि उच्च अङ्कले ओरालो लागेको छ । आइतबार उच्च अङ्कले घटेको बजार सोमबार पुनः उल्लेख्यरूपमा उकालो लाग्यो । शेयर कारोबार हुने साताको तेस्रो दिन मङ्गलबार नेप्सेमा ४४.१८ विन्दुले ओरालो लागेर दुई हजार ९३६.६० मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.०५ विन्दुले घटेर ५४८.३५ मा ओर्लेको छ ।

नेप्से ओरालो लागेसँगै कारोबार रकमसमेत ओरालो लागेको छ । कुल २२२ कम्पनीको एक करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर ८६ हजार ५०८ पटक शेयर कारोबार भयो । नेप्सेका अनुसार कूल सात अर्ब ४९ करोड ५८ लाख १२ हजार १६१ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर उकालो लागेको छ । अन्य १९.६६ र सामूहिक लगानी कोष ०.०९ विन्दुले उकालो लागेको छ । यस्तै, बैंकिङ ३३.४९, व्यापार ५४.३७, होटल तथा पर्यटन १०९.१४, विकास बैंक ७१.८१, जलविद्युत् ५१.५, वित्त ४९.२१, निर्जीवन बीमा २९०.२३, उत्पादन १३३.८८, लघुवित्त १४६.७७, जीवन बीमा ३०२.८ र लगानी ०.४४ विन्दुले ओरालो लागेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा युनाइटेड मोदी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६१ करोड ९२ लाख ९१ हजार ६९२ मूल्यमा कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर ३८ करोड ४२ लाख ८७ हजार ४८२, अपि पावर कम्पनी १९ करोड १२ लाख २१ हजार १३७, ज्योति विकास बैंक १७ करोड ५७ लाख ८८ हजार र रिडी हाइड्रोपावर कम्पनीको १६ करोड चार लाख ९७ हजार ८१५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । युनाइटेड मोदी हाइड्रोपावर ७.७८, एचआइडिसीएल ५.१६, युनिलिभर नेपाल ५.०३ र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ४.०१ प्रतिशतले कमाए ।

त्यस्तै, आरएमडिसी ७.७३, रुरु जलविद्युत् परियोजना ७.०१, प्रोगेसिभ फाइनान्स ५.६०, फस्र्ट माइक्रोफाइनान्स ५.४८ र माउण्टेन इनर्जी नेपालका लगानीकर्ताले ५.३७ प्रतिशतले गुमाए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण ४१ खर्ब नौ अर्ब ७६ करोड तीन लाख ७४ हजार ११० बराबर पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

आर्थिक गतिविधिमा आएको समस्याका कारण बैंकिङ प्रणालीको कर्जा असुली दबाबमाः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकको २०८० साल

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

बजेटमा कर्णाली प्रदेशलाई विशेष प्राथमिकतामा राख्न अर्थमन्त्रीसँग मुख्यमन्त्री कँडलको माग

  काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान