नेप्से र कारोबार रकम दुवै ओरालो



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५०.१३ बिन्दुले घटेर दुई हजार ९२६.८९ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.९० बिन्दुले ओरालो लागेर ५४१.७७ बिन्दुमा ओर्लेको छ ।

नेप्से आरोलो लागेसँगै कारोबार रकम समेत ओरालो लागेको छ । कूल २३० कम्पनीको एक करोड ८१ लाख नौ हजार ९६७ कित्ता शेयर नौ अर्ब ५० करोड ५९ लाख ७० हजार ८२२ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहकै शेयर ओरालो लागेको छ । बैंकिङ १६.४३, व्यापार ३८.५६, होटल तथा पर्यटन ०.९६, विकास बैंक १८६.१३, वित्त ११३.८८, उत्पादन १२७.०५, अन्य ३७.५२, लघुवित्त २३.४७, जीवन बीमा ३४२.०२, सामूहिक लगानी कोष ०.१४ र लगानी ३.५१ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५७ करोड ४० लाख १२ हजार २९१ बराबरको कारोबार भयो । अपि पावर कम्पनी ३२ करोड ९९ लाख ९८ हजार ४५८, ङादी ग्रुप अफ पावर २३ करोड ३१ लाख ४६ हजार ९५३, युनाइटेड मोदी २२ करोड २० लाख ७४ हजार ८८२ र हिमालयन डिस्टिलरी रु २० करोड १० लाख ७९ हजार २९० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

शेयर कारोबार हुने साताको अन्तिम दिनको अवस्थामा बजार पूँजीकरण ४० खर्ब ८९ अर्ब ५८ करोड ९४ लाख ६५ हजार ३९ बराबर पुगेको छ । नेप्सेका अनुसार सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र मनकामना स्मार्ट लघुवित्तको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । चन्द्रागिरी हिल्स ५.२३, खानीखोला हाइड्रोपावर ५ र डिप्रोक्स लघुवित्तका लगानीकर्ताले ४.३२ प्रतिशतले कमाए ।

त्यस्तै, नारायणी डेभलपमेन्ट बैंक ६.८७, कर्पोरेट डेभलपमेन्ट बैंक ६.४८, अरुण काबेली पावर ६.०९, एनआरएन इन्फास्ट्रकचर ५.८८ र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५.८० प्रतिशतले गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
छोटियो अन्नपूर्ण आधार शिविरको यात्रा अवधि

म्याग्दी । म्याग्दी स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार

विज्ञापन बजारलाई व्यवस्थित र मर्यादित बनाउन संचारमन्त्री कार्कीको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन व्यवसायलाई मर्यादित, व्यवस्थित

एएफसी यू–२३ एसियन कप छनोट फुटबलः नेपाल इरानसँग पराजित

काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोट फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाली

नेप्सेमा उच्च अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले बढेको छ