अर्थमन्त्रीलाई ऊर्जा उद्यमीको ध्यानाकर्षण



काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरी नेपालको ऊर्जा क्षेत्रसँग जोडिएका समस्या समाधानका लागि आग्रह गरेको छ ।

सरकारले अगाडि सारेको १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य पूरा गर्नका लागि आयोजना निर्माण भएसम्म पूरै १० वर्षसहित थप पाँच वर्ष आयकर छुट दिन इपानले माग गरेको छ । कोभिड–१९ का कारण सर्वेक्षण अनुमति पाएर पनि काम गर्न नपाएका प्रवद्र्धकलाई सर्वेक्षण अनुमतिपत्रको ७५ प्रतिशत छुट दिने विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निर्णय गरिसकेको छ ।

ऊर्जाले निर्णय गरेको भए पनि अर्थमन्त्रालयमा सो विषय रोकिएको भन्दै ऊर्जा उद्यमीले मन्त्री शर्माको ध्यानकर्षण गराएको इपानका उपाध्यक्ष मोहन डाँगीले जानकारी दिए ।

कूल १५ हजार मेगावाटसम्मको जलविद्युत् आयोजना निर्माणका लागि लगानीको स्रोत नखोज्ने विषयमा समेत अर्थमन्त्रीले सकारात्मक रुपमा लिएको इपानले जनाएको छ तर, उद्यमीले माग गर्दै आएको प्रतिमेगावाट ५० लाख मूल्यअभिवृद्धिकर छुटका विषयमा भने सरकारले तत्काल केही गर्न नसक्ने अर्थमन्त्रीको भनाइ थियो ।

सो अवसरमा अर्थमन्त्री शर्माले ऊर्जा उद्यमीले उठाएका जायज माग सम्बोधन गर्न सरकार सदैव तत्पर रहेको बताए । ऊर्जा क्षेत्रको विकास र विस्तार बिना अर्थतन्त्रले गति लिन नसक्ने भन्दै उहाँले सक्नेसम्मका समस्या समाधानका लागि मन्त्रालयका तर्फबाट पहल हुने र गर्ने विश्वास दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

आर्थिक गतिविधिमा आएको समस्याका कारण बैंकिङ प्रणालीको कर्जा असुली दबाबमाः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकको २०८० साल

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

बजेटमा कर्णाली प्रदेशलाई विशेष प्राथमिकतामा राख्न अर्थमन्त्रीसँग मुख्यमन्त्री कँडलको माग

  काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान