पेट्रोलियम पदार्थको पुनः मूल्य वृद्धि



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । सोमबार मध्यरातिदेखि लागूहुने गरी पेट्रोलियम पदार्थको मूल्य बृद्ध गरिएको हो । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य वृद्धि गरिएको हो ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १३० रुपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टीतेल प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ । त्यस्तै निगमले खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले मूल्य वृद्धि गरेको छ ।

यसअघि प्रतिसिलिण्डर एक हजार ४२५ रुपैयाँ मा कारोबार हुँदै आएको थियो । अब ग्याँसको मूल्य प्रतिसिलिण्डर एक हजार ४५० पुगेको छ । आन्तरिक हवाई इन्धनको मूल्यसमेत प्रतिलिटर दुई रुपैयाँले वृद्धि गरिएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलो १६ डलरले वृद्धि गरी ७७० अमेरिकी डलर कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनकोसी मरिण डाइभर्सनको सुरुङ छिचोल्न एक सय १० मिटर मात्र बाँकी, वैशाख २६ गते ‘ब्रेक थ्रु’ गरिने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण

कर्णालीमा चालु आर्थिक वर्षको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

  कर्णाली । प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा सरकार

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

  पर्सा ।  वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा  एक खर्बभन्दा बढी

नीति र नेतृत्वमा एमालेभित्र कुनै विवाद छैन : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा