मानुषी लघुवित्तको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ?



काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा सोमवार बिहान गोलाप्रथाबाट कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो ।

आईपीओमा आवेदन दिएका मध्ये ३६ हजार ८ सय ५६ जनाले १०–१० कित्ता र ३ जनाले ११–११ कित्ता शेयर पाएका छन् । कम्पनीको आईपीओका लागि २३ लाख ६१ हजार ८ सय २७ जना आवेदन परेकोमा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ ।

२३ लाख ५४ हजार ७ सय ८४ जना सदर आवेदकलाई गोलाप्रथाबाट शेयर बाँडफाँट गरिएको हो । लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आयोडिनयुक्त नुनको आपूर्ति निजीकरण नगर्न उपभोक्ता मञ्चको आग्रह

काठमाडौं। सरकारले आयोडिनयुक्त नुनको आपूर्ति प्रणालीमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी गरिरहेको भन्दै

सीपयुक्त जनशक्ति नभएसम्म मुलकको विकास हुन सक्दैन : श्रममन्त्री भण्डारी

पाटन। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीले सीपयुक्त जनशक्ति नभएसम्म मुलकको

श्रीलङ्का टापुका किसानलाई अनुदानमा कृषिउपकरण

धरान । बराहक्षेत्र नगरपालिकाले बराहक्षेत्र नगरपालिका-६ र ९ श्रीलङ्का टापुका किसानलाई अनुदानमा आधुनिक

उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज नगर्न माग

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज गर्ने निर्णय