हेटौंडा उपमहानगरपालिकाद्वारा २२ करोड राजस्व सङ्कलन



वाग्मती । हेटौँडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा आन्तरिक स्रोत तर्फ २२ करोड बढी रकम सङ्कलन गरेको छ । कार्यालयका अनुसार गत आर्थिक वर्षमा आन्तरिक स्रोत तर्फ २२ करोड सात लाख २९ हजार २२१ रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

राजस्व सङ्कलनमध्ये गत एक वर्षको अवधिमा सबै भन्दा धेरै एकीकृत सम्पत्ति कर चार करोड ९६ लाख ३१ हजार ५६९ सङ्कलन गरिएको कार्यालयले जनाएको छ । पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर एक करोड ८६ लाख १८ हजार ६०० रुपैयाँ सङ्कलन गरिएको हो ।

अन्य सेवा तथा शुल्क र बिक्रीबाट एक करोड ३९ लाख ७० हजार ६०९ सङ्कलन गरिएको छ । विभिन्न प्रकारका सिफारिस दस्तुरबाट दुई करोड ९९ लाख ९१ हजार ७७२, नक्सापास दस्तुरबाट एक करोड ८९ लाख ९३ हजार ९ सय ३९ प्राप्त भएको उपमहानगरपालिकाले जनाएको छ ।

त्यसैगरी उपमहानगरपालिकाले बहाल करबाट पनि दुई करोड २४ लाख एक हजार ६९ कर सङ्कलन गरेको छ । विभिन्न २२ वटा शीर्षकमा उपमहानगरपालिकाले आन्तरिक राजस्व सङ्कलन गरेको छ ।

स्थानीय सरकारमा जनप्रतिनिधि आएपछि कुनै पनि क्षेत्रमा करमा वृद्धि नभएको र सङ्घ र प्रदेश सरकारले बनाएका कानूनका आधारमा कर लिँदै आएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताए ।

यसैबीच हेटौँडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७७÷७८ मा नदीजन्य पदार्थमा मात्र चार करोड ११ लाख १३ हजार सङ्कलन गरेको छ । प्रदेश सरकारलाई समेत यो रकम बाँडफाँट गर्नुपर्ने हुन्छ ।

त्यसैगरी नदीजन्य पदार्थको लिलाम बिक्रीबाट ७८ लाख ५८ हजार सङ्कलन गरिएको उपमहानगरपालिकाले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा नगर क्षेत्रभित्रका क्रसर उद्योगसँग असूल गर्न बाँकी एक करोड ८८ हजार पनि असुल गरेको छ । वन रोयल्टीको ६० लाख सङ्कलन गरिएको कार्यालयले जनाएको छ । महानगरपालिकाले माटो बिक्रीबाट १२ लाख ९५ हजार सङ्कलन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । शुक्रबार सुनचाँदीको भाउ बढेको छ । सुनको मूल्य प्रतितोला एक हजार

दुग्ध विकास संस्थानले तिर्‍यो ३१ वर्षको सम्पत्ति कर

काठमाडौँ । दुग्ध विकास संस्थानले काठमाडौँ महानगरपालिकालाई ३१ वर्षको सम्पत्ति कर एकै पटक

पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा १६ प्रतिशत मात्रै

अमेरिकी डलर उकालो लाग्दा कुन विदेशी मुद्राको भाउ बढ्यो र कुनको घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको