नेप्सेमा कीर्तिमान, बजार पूँजीकरण ४४ खर्ब ३७ अर्ब



काठमाडौं । विकास बैंकको शेयरमा लगानीकर्ताको आकर्षण देखिएपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार हुने साताको अन्तिम दिन आज नेप्से १६.४१ अङ्कले बढेर तीन हजार १७९ मा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४६ बिन्दुले बढेर ५९१.१६ मा पुगेको छ । कूल २२५ कम्पनीको तीन करोड ६६ लाख आठ हजार ४६१ कित्ता शेयर १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार ११५ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ उपसमूहमध्ये सात उपसमूहको शेयर मूल्यमा सुधार आउँदा छ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ८.९९, विकास बैंक ३४४.४१, वित्त ३१.७७, उत्पादन ९९.२५, जीवन बीमा ३१.०५, सामूहिक लगानी कोष ०.०८ र लगानी १.७१ बिन्दुले बढेको छ । व्यापार ५९.१७, होटल तथा पर्यटन ३७.८४, जलविद्युत् १२.२३, अन्य ९.१ र लघुवित्त ५.६५ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा आज माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६२ करोड ७९ लाख ९७ हजार ८०० बराबरको कारोबार भयो । कामना सेवा विकास बैंक रु ५९ करोड ७४ लाख ४४ हजार ३०२, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक ४८ करोड ८३ लाख पाँच हजार ५२३, एचआइडिसिएल ४४ करोड पाँच हजार ७८८ र गरिमा विकास बैंक ४१ करोड ५८ लाख ४५ हजार ९४६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

सात कम्पनीको शेयरमा सकारात्मक सर्किट

नेप्सेका अनुसार आज विभिन्न सात कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसमा महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, माउण्टेन इनर्जी नेपाल, रुरु जलविद्युत् परियोजना, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

यस्तै पाँचथर पावर कम्पनी ३.९९, आइसिएफसी फाइनान्स ३.८९, ओरियन्टल होटल ३.८२,सारथी नेपाल लघुवित्त ३.५३ र तारागँउ रिजेन्सी होटलका लगानीकर्ताले ३.५० प्रतिशतले गुमाए । आजको कारोबारपछि बजार पूँजीकरण ४४ खर्ब ३७ अर्ब २७ करोड पाँच लाख ३० हजार ५११ बराबर पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्सेमा सात अंकको गिरावट

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा गिरावट आएको छ ।

हराए ‘पोखराको सम्झना’

जमुनावर्षा शर्मा, पोखरा । पोखरा नेपालको प्रमुख पर्यटकीय शहर, प्राकृतिक सौन्दर्य, तालतलैया र

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि

सुक्खा बन्दरगाह भन्सारः ६ महिनाको अवधिमा २३ अर्ब ३४ करोड संकलन

पर्सा । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा