नेप्सेमा झिनो सुधार, १५ अर्ब ४५ करोडको कारोबार



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार झिनो अङ्कले बढेको छ । मङ्गलबार उच्च अङ्कले बढेको नेप्से आज भने सुस्ताएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ०.९४ बिन्दुले बढेर नेप्से तीन हजार १६२.५९ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.३८ बिन्दुले घटेर ५८५.७१ मा पुगेको छ । कूल २३० कम्पनीको दुई करोड ७२ लाख ९८ हजार ६२४ कित्ता शेयर रु १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७५४ मूल्यमा कारोबार भयो ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ १४.१७, व्यापार ४९.६५, विकास बैंक ४१.२, वित्त १९.६६, उत्पादन ३.८४, अन्य १२.४३, सामूहिक लगानी कोष ०.११ र लगानी १.०३ बिन्दुले घटेको छ । यस्तै, होटल तथा पर्यटन १०२.९१, जलविद्युत् १४४.७९, निर्जीवन बीमा ७.९९ र जीवन बीमा १०.०५ बिन्दुले बढेको छ ।

कारोबारका आधारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६८ करोड ३० लाख ७१ हजार ७०१ बराबरको कारोबार भयो । यस्तै, अरुण भ्याली हाइड्रोपावर ५७ करोड ३७ लाख ७० हजार ६७९, अरुण काबेली पावर ५६ करोड १२ लाख ९३ हजार, अपि पावर कम्पनी ५३ करोड १७ लाख ४५ हजार ३८७ र आइसिएफसी फाइनान्स र ५१ करोड ५१ लाख १३ हजार ३४४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

छ कम्पनीको शेयरमा सकारात्मक सर्किट

बुधबारको कारोबारमा विभिन्न छ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसमा आइसिएफसी फाइनान्स, रिडी हाइड्रोपावर, रुरु जलविद्युत् परियोजना, जीवन विकास लघुवित्त युनियन लाइफ इन्स्योरेन्स र एनआरएन इन्फ्रास्टकचर एण्ड डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले बढ्दा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, जानकी फाइनान्स ४.१७, एचआइडिसीएल ३.३९, गुर्खाज फाइनान्स ३.१६, वेष्ट फाइनान्स ३.१६ र एक्सेल डेभलपमेन्ट बैंकका शेयरधनीले ३.१३ प्रतिशतले गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्सेमा सात अंकको गिरावट

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा गिरावट आएको छ ।

हराए ‘पोखराको सम्झना’

जमुनावर्षा शर्मा, पोखरा । पोखरा नेपालको प्रमुख पर्यटकीय शहर, प्राकृतिक सौन्दर्य, तालतलैया र

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि

सुक्खा बन्दरगाह भन्सारः ६ महिनाको अवधिमा २३ अर्ब ३४ करोड संकलन

पर्सा । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा