मैलुङ खोला जलविद्युतको आईपीओ बाँडफाँट



काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निश्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले मंगलबार आईपीओ बाँडफाँट गरेको हो । कम्पनीको आईपीओका लागि २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएका थिए ।

जसमध्ये २ हजार ८४३ जनाको आवेदन रद्द भएको छ । स्वीकृत आवेदनमध्ये ६८ हजार ४७४ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ । कम्पनीले कुल सात लाख ३६ हजार २८६ कित्ता आईपीओ जारी गरेको थियो । साउन १४ उक्त बिक्री खुला भएको आईपीओ सर्वसाधरणका लागि ६ लाख ८४ हजार ७४६ कित्ता छुट्याइएको थियो ।

प्रतिकित्ता एक सय रुपैयाँ अङ्कति कुल सात करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको सात लाख ३६ हजार २८६ कित्ता आईपिओ निष्कासनका लागि असार २३ गते धितो पत्र बोर्डबाट अनुमति पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्सेमा सात अंकको गिरावट

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा गिरावट आएको छ ।

हराए ‘पोखराको सम्झना’

जमुनावर्षा शर्मा, पोखरा । पोखरा नेपालको प्रमुख पर्यटकीय शहर, प्राकृतिक सौन्दर्य, तालतलैया र

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि

सुक्खा बन्दरगाह भन्सारः ६ महिनाको अवधिमा २३ अर्ब ३४ करोड संकलन

पर्सा । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा