सर्लाही भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन



सर्लाही । जिल्ला भन्सार कार्यालय सर्लाहीले लक्ष्यभन्दा १७६ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा कार्यालयले ३४ करोड ३६ लाख ३८ हजार राजस्व असुली गर्ने लक्ष्य लिएकामा ६० करोड ५९ लाख ५४ हजार राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख राजेशकुमार दत्तले जानकारी दिए ।

कार्यालयले लक्ष्यभन्दा १७६ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन गरेको हो । भारतबाट भित्रिएका खाद्यान्न र अन्य सामग्रीबाट भन्सार काटेर सो राजस्व सङ्कलन गरिएको भन्सार अधिकृत दत्तले बताए ।

कार्यालयले जिल्लाको मुख्य नाका तथा अन्य शाखा नाकाहरु हुँदै भारतबाट आयात भएका खाद्यान्न तथा अन्य विभिन्न सामग्रीबाट मात्रै सो राजस्व सङ्कलन गरेको हो ।

कोरोना सङ्क्रमणपछि जिल्लाको नेपाल–भारत सीमामा रहेका सातवटा छोटी भन्सार कार्यालय बन्द अवस्थामा रहेका छन् । मुख्य भन्सार नाका भएर सामानहरु तुलनात्मकरूपमा कम भित्रिँदा पनि राजस्वमा वृद्धि भएको छ । सिमानामा सुरक्षा व्यवस्था कडा पारिएकाले सामान कम भित्रिए पनि राजस्वमा वृद्धि भएको कार्यालय प्रमुख दत्तले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्सेमा सात अंकको गिरावट

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा गिरावट आएको छ ।

हराए ‘पोखराको सम्झना’

जमुनावर्षा शर्मा, पोखरा । पोखरा नेपालको प्रमुख पर्यटकीय शहर, प्राकृतिक सौन्दर्य, तालतलैया र

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि

सुक्खा बन्दरगाह भन्सारः ६ महिनाको अवधिमा २३ अर्ब ३४ करोड संकलन

पर्सा । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा