५ लाख ८० हजारलाई युनियन लाइफको आईपीओ



काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ । ५ लाख ८० हजार पाँच सय जनालाई आईपीओ परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

असार २४ गतेदेखि खुलेको आईपीओमा २१ लाख ८२ हजार ७ सय ७५ वटा आवेदन परेको थियो । तर, दोहोरो आवेदनका कारण ४ हजार ८०१ र अन्य कारणले ६५ हजार १७५ वटा आवेदन रद्ध भएको थियो । सदर भएका आवेदनलाई गोलाप्रथामा सहभागी गराइएको थियो ।

इन्स्योरेन्सको आईपीओमा आवेदन गरेका कुलमध्ये १६ लाख २ हजारभन्दा बढी आवेदकको हात खाली भएको छ । इन्स्योरेन्सले असार २४ गतेदेखि १०० रुपैयाँ अंकित दरमा ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

कुल ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात् ३ लाख २२ हजार ५०० कित्ता इन्स्योरेन्सका कर्मचारी र ५ प्रतिशत सामूहिक लागानी कोषलाई छुट्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्सेमा सात अंकको गिरावट

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा गिरावट आएको छ ।

हराए ‘पोखराको सम्झना’

जमुनावर्षा शर्मा, पोखरा । पोखरा नेपालको प्रमुख पर्यटकीय शहर, प्राकृतिक सौन्दर्य, तालतलैया र

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि

सुक्खा बन्दरगाह भन्सारः ६ महिनाको अवधिमा २३ अर्ब ३४ करोड संकलन

पर्सा । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा