वीरगञ्ज महानगरले ल्यायो तीन अर्ब ५५ करोडको बजेट



वीरगंज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि तीन अर्ब ५५ करोड ३५ लाखको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख शान्ति कार्कीले चालु तर्फ एक अर्ब ८६ करोड ३५ लाख, पूँजीगत तर्फ एक अर्ब ६२ करोड ३३ लाख र वित्तीय व्यवस्थापन तर्फ छ करोड ६० लाख विनियोजन गरेको जानकारी दिइन् ।

प्रदेश नं. २ को एक मात्र महानगरपालिकका विनियोजित बजेट मध्ये समाजिक विकासका क्षेत्रमा एक अर्ब १५ करोड ५८ लाख, पूर्वधार विकास क्षेत्रमा एक अर्ब ३५ करोड ६६ लाख र कार्यालय तर्फ ८० करोड ७३ लाख रहेको छ ।

महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले अगामी आर्थिक वर्षमा गर्भवती तथा बालबालिकाका लागि पोषण, वर्थिङ सेन्टरको भवन निर्माण, पूर्वाधारको विकास, सामुदायिक विद्यालयको स्तरोन्नती ,स्वास्थ्य सुबिधाको विकास, ज्येष्ठ नागरिक सम्मान , कृषि तथा कृषको विकासमा केन्द्रित रही काम गर्ने नीति तथा कार्यक्रम ल्याएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘नवप्रवर्तनका लागि लगानीको वातावरण र एकद्वार प्रणाली आवश्यक’

काठमाडौं ।  उद्योगी–व्यवसायीले नवप्रवर्तन, साना तथा मझौला उद्योग स्थापनाका लागि लगानीको वातावरण बनाइ

नेवारी परिकारः धादिङ लोक सांस्कृतिक महोत्सवको आकर्षण

मलेखु (धादिङ) । नेवारी खानाको परिकार धादिङ लोक सांस्कृतिक महोत्सवको आकर्षणका रूपमा परिचित

लौरेपालो गरेर हुर्काइएको ‘राम्चेवन’ पर्यटकीय गन्तव्य बन्दै

रामपुर। लौरेपालो शब्द अहिले कतै सुनिँदैन। यो शब्द सुन्दा आश्चर्यजनक लाग्छ । लौरेपालेको

स्टार्टअप व्यवसाय गर्ने युवालाई सहुलियतपूर्ण ऋण र अनुदान दिनुपर्छः सभापति

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो समय युवाहरुको स्टार्टअप व्यवसायतर्फ आकर्षण