किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ



नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ उपलब्ध गराएको छ । नगरपालिकाले खुला टेण्डरमार्फत धानको बिउ खरिद गरेर किसानलाई ५० प्रतिशत अनुदानमा बिउ उपलब्ध गराएको हो ।

चालु आर्थिक वर्ष २०७७/७८ को नियमित कार्यक्रमअनुसार नगरपालिकाले नगरका सबै वडाका किसानलाई सावाँ धान, सावित्री धान र राम धानको बिउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले बताए ।

धानको बिउ राख्ने बेलामा किसानहरु नठगिउन् र धानको बिउ अभाव नहोस् भनेर खुला टेण्डरमार्फत खरिद गरेर किसानलाई समयमै उपलब्ध गराइएको उनको भनाइ छ । “धानको बिउ राख्ने समयमा हरेक वर्ष बिउको अभाव हुने तथा किसानहरु ठगिने हुँदै आएका थियो”, सापकोटाले भने, ‘किसानलाई राहत दिनका लागि नगरपालिकाले अनुदानमा गुणस्तरीय बिउ उपलब्ध गराएको हो ।’

बजारमा प्रतिकिलो ११० रुपैयाँमा बिक्री हुने धानको बिउ नगरपालिकाले खुल्ला टेण्डरमार्फत ७२ रुपैयाँमा खरिद गरेर किसानहरुलाई ३६ रुपैयाँमा उपलब्ध गराएको सापकोटाले बताए ।

नगरपालिकाभित्रका चार हजार ५०० घरधुरीलाई ५१ हजार ३१० किलो धानको बिउ अनुदानमा वितरण गरिएको सापकोटाले बताए । नगरपालिकाले ३५ लाख लागतमा खरिद गरेको बिउ किसानलाई १७ लाख ५० हजारमा वितरण गरिएको सापकोटाले जानकारी दिए ।

अनुदानमा गुणस्तरीय धानको बिउ पाउँदा किसानहरु समेत हर्षित छन् । मध्यविन्दु–२ पतबारीका किसान केशव घिमिरेले यस वर्ष समयमै धानको बीउ पाउनाले आफूहरुले दुःख नपाएको बताए । अघिल्ला वर्षहरुमा बीउ पाउनै मुस्किल हुने गरेको भन्दै धानको बीउ जसरी नै रासायनिक मलसमेत सहजरूपमा पाउन सके उत्पादनमा वृद्धि हुने घिमिरेको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पेट्रोलमा दुई तथा डिजेल र मट्टीतेलको प्रतिलिटर तीन रुपैयाँ मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार मध्यरातिदेखि

शेयर बजारमा झिनो अंकको वृद्धि

  काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिएको छ

पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय सुकेधारामा निर्माण भएको मर्क्युर होटेलको आज

सुन चाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा