नेपाल टेलिकमले ल्यायो ‘धन्यवाद स्वास्थ्यकर्मी अफर’



काठमाडौँ । नेपाल टेलिकमले देशभरका स्वास्थ्यकर्मीलाई एक महिनासम्म निःशुल्क भ्वाइस कल सुविधा दिने भएको छ । पोस्टपेड र प्रिपेड सिमकार्ड प्रयोगकर्ता स्वास्थ्यकर्मीले एक महिनासम्म टेलिकमको नेटवर्कमा जुनसुकै समयमा कल गर्दा पनि शुल्क लाग्नै छैन ।

तर पोष्टपेड प्रयोगकर्तालाई नियम अनुसार मासिक रेन्टल चार्ज मात्रै लाग्ने टेलिकमले जनाएको छ । यो सुविधा दिनको लागि टेलिकमले आइतबार नेपाल चिकित्सक परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल फर्मासिस्ट परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल आयुर्वेदिक परिषद्सँग सम्झौता गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

स्वास्थ्यकर्मीलाई आफ्नै नाममा रहेका सिममा मात्रै यो सुविधा रहने टेलिकमले जनाएको छ । आफ्नो नाममा सिमकार्ड नहुने स्वास्थ्यकर्मीहरुले आफू सदस्य रहेको संस्थाको सिफारिस उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको टेलिकमले जनाएको छ ।

योबाहेक, आफ्नो नाममा टेलिकमको सिम नरहेका स्वास्थ्यकर्मीले आफू सदस्य रहेको संस्थाको परिचय पत्रको आधारमा नयाँ सीमकार्ड तत्कालै लिन सक्ने पनि टेलिकमले जनाएको छ । कोभिड–१९ को संक्रमणको अवस्थालाई हेरेर यो सुविधालाई थप गर्न पनि सकिने टेलिकमले जनाएको छ ।

टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सुविधा दिएको हो । कोभिड महामारी नियन्त्रणको लागि अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई हौसला स्वरुप टेलिकमले यो सुविधा दिएको विज्ञप्तिमा जनाइएको छ । यो सुविधाको नाम धन्यवाद स्वास्थ्यकर्मी अफर राखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौँ । यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो

राजस्व सङ्कलनको लक्ष्य भेट्ने गरी काम गर्न अर्थमन्त्री पौडैलको निर्देशन

काठमाडौं ।  उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी राजस्व सङ्कलनमा गत वर्षको तुलनामा

बाँसखर्कमा यसवर्ष १८ करोड ४४ लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन

गण्डकी । बासखर्कका सुन्तलाबारे सुन्दै आएकी गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा

वीरगञ्ज नाका हुँदै ६ महिनामा २९ अर्ब २७ करोडको सामान विदेश निर्यात

पर्सा । वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको छ महिनामा २९ अर्ब २७