तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी



काठमाडौं । मुलुकभरका कूल ७५३ स्थानीय तहमध्ये अब तीन मात्रै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेका छन् । सबै स्थानीय तहमा वित्तीय सेवा तथा पहुँच पुर्याउने सरकारको योजना पूरा हुन लागेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अब धादिङको रुबीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको काँडा गाउँपालिकामा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी छ ।

केन्द्रीय बैंकले कूल ७५३ स्थानीय तहमध्ये ७५० स्थानीय तहमा (क) वर्गका वाणिज्य बैंकका शाखा विस्तार भएको जनाएको छ । विसं २०७६ को चैत मसान्तसम्मको विवरणमा भने कूल ७४६ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुलेका थिए । विसं २०७७ को चैत मसान्तसम्म भने ७५० स्थानीय तहमा शाखा खुलेका छन् ।

बाँकी रहेका स्थानीय तहमा समेत आवश्यक भौतिक पूर्वाधार, सूचना सञ्चार तथा अन्य सुरक्षाको प्रबन्ध गरेर छिट्टै वाणिज्य बैंकका शाखा खुल्ने केन्द्रीय बैंकले विश्वास लिएको थियो ।

ग्रामीण क्षेत्रका नागरिकलाई समेत सहज रुपमा वित्तीय सेवा र पहुँच पु¥याउनका लागि नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई पनि विशेष सुविधा र सुहलियत दिँदै आएको छ ।

यस्तै गत चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको सङ्ख्या १४० रहेको छ । त्यसमध्ये २७ वाणिज्य बैंक, १८ विकास बैंक, २० वित्त कम्पनी, ७४ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक सञ्चालनमा छन् । देशभर बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या १० हजार ५४६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारका अमिरको भ्रमणबाट पर्यटन व्यवसायी उत्साहित

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

चिया निर्यातमा हट्यो भारतीय अवरोध, १७ वटा नेपाली ट्रक भन्सार पास

झापा । भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात बुधबारदेखि खुला

धनकुटाको कोसेली नरिवल बिस्कुट

धनकुटा । के तपाईँ धनकुटा पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने अवश्य

शेयर बजारमा झिनो अंकको बृद्धि

काठमाडौं । शेयर बजार नेप्से झिनो अंकले बढेको छ । बुधबार नेप्से शून्य