महासंघद्वारा ‘एफएनसीसीआई कोभिड–१९ हेल्प डेस्क’ स्थापना



काठमाडौं । बढ्दो कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गरी आमसर्वसाधारणको जीवन रक्षार्थ सहयोग पुर्याउने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ सहायता केन्द्र (एफएनसीसीआई कोभिड–१९ हल्प डेस्क) स्थापना गरेको छ ।

महासंघका पदाधिकारी र सम्वद्ध अधिकारीहरूको हालै बसेको बैठकले सहायता केन्द्र स्थापना गर्ने निर्णय गरेको हो । उक्त सहायता केन्द्रको समन्वय महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गर्ने भएका छन् । कोभिड १९ सहायता केन्द्रलाई प्रभावकारी रूपमा अगाडि बढाउन जिम्मेवारी बाँडफाँड समेत गरिएको छ ।

१.अक्सिजन सिलिन्डर व्यवस्थापनका लागि महासंघका उपाध्यक्ष रामचन्द्र संघई र सौरभ ज्योती,

२. अस्पताल/आइशोलेशन केन्द्र सहजीकरणका लागि हेमराज ढकाल र रविन श्रेष्ठ

३.अस्पताल व्यवस्थापनका लागि ई.देशबन्धु बस्नेत (अजित), बाबुकाजी कार्की र डा. केयुर गौतम

४. एम्बुलेन्स/आइसोलेशन केन्द्रका लागि रञ्जितराज आचार्य

५. औषधि/मेडिकल उपकरणका लागि प्रकाशजंग पाण्डे र भक्त हमाल

६.होटल/हवाई यातायात व्यवस्थापनका लागि ज्योत्स्ना श्रेष्ठ, विनायक शाह र विनोद सापकोटा तोकिएका छन् ।

महासंघको सहायता केन्द्रबाट सेवा लिन महासंघ सचिवालयका सम्पर्क अधिकृतद्वय हरि पौड्याल (९८०१०९६८१२) र रिंकु घिमिरे (९८०११९२५९१) लाई टेलिफोन वा एसएमएसमार्फत सम्पर्क गर्न सकिने महासंघले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पितापुर्खाको सीप पछ्याउँदै अक्करे भिरमा मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम पारेपछि मह सिकारी

सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग

  कमलामाई (सिन्धुली) ।  बिपी राजमार्गअन्तर्गत पर्ने सिन्धुली चियाबारी–खुर्कोटमा सुरुङ मार्ग निर्माण थालनी

साना तथा घरेलु उद्योगको प्रवद्र्धन गर्न सरकार जिम्मेवार हुनुपर्छ : राष्ट्रपति पौडेल

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले औद्योगिक विकासतर्फ अग्रसर हुन साना तथा घरेलु

अर्गानिक तरकारी खेतीमा रमाउँदै बाँकेका थारू महिला

बाँके । अर्गानिक तरकारीको माग बढ्दै गएपछि ग्रामीण क्षेत्रका थारू महिला बिहानै तरकारी