अण्डाको मूल्य हालसम्मकै उच्च



चितवन । अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ । रोगका कारण कुखुरा मरेर उत्पादन घटेपछि मूल्य बढेको हो । लागत मूल्य अत्यधिक बढेका कारण मूल्य बढे पनि उल्लेख्य मुनाफा नहुने कृषकको भनाइ छ ।

नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष किरण ओलीका अनुसार आजदेखि फार्ममा ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) ३७० र मिडियमको ३४० रुपैयाँ पुगेको छ । यसअघिको मूल्यमा प्रतिक्रेट ३० रुपैयाँ वृद्धि गरिएको हो । ओलीको भनाइमा चार वर्षअघि अण्डाको मूल्य बढेर प्रतिक्रेट ३६५ रुपैयाँ पुगेको थियो । यसै वर्ष दुई महिनाअघि पनि प्रतिक्रेट अण्डाको मूल्य ३६० रुपैयाँ पुगेकामा केही दिनपछि घटेको थियो ।

एच ९ र रानीखेत रोगका कारण झण्डै २५ प्रतिशत कुखुरा मरेको किसान बताउँछन् । ओलीका अनुसार दैनिक २४ लाख अण्डा उत्पादन हुँदै आएकामा रोगका कारण घटेर १७ लाख हाराहारीमा झरेको छ । अण्डाको उत्पादनमा कमी आएका कारण मूल्य बढ्दासमेत लाभान्वित हुन नसकेको उनको भनाइ छ ।

सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले सरकारले अण्डाको लागत मूल्य ११.५३ रुपैयाँ तय गरे पनि हाल लागत मूल्य बढेका कारण १२.३३ रुपैयाँ हाराहारी अर्थात् अहिलेको वृद्धि मूल्य बराबर पर्न जाने बताए । दानाको कच्चापदार्थको मूल्य अत्यधिक बढेपछि अण्डाको मूल्य बढेर पनि लाभ लिने अवस्थामा किसान नरहेको केसीको भनाइ छ ।

नेपाल दाना उद्योग सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शङ्कर कँडेलका अनुसार यसअघि प्रतिकिलो ६४ रुपैयाँमा आउने सामान्य भटमासको मूल्य बढेर १०८ रुपैयाँ पुगेको छ । त्यसैगरी हाइप्रो भटमास प्रतिकेजी ७० बाट बढेर ११५ रुपैयाँ पुगेको छ । तोरी, सूर्यमुखीलगायतको पिना प्रतिकिलो सात रुपैयाँले बढेको भन्दै उनले दानामा प्रयोग गरिने भिटामिनलगायतका सामग्रीमा शत्प्रतिशतसम्म मूल्य बढेको जानकारी दिए ।

यससँगै ढुवानीमा समेत मूल्य बढेको कँडेलको भनाइ छ । लागत मूल्यका आधारमा दानाको मूल्य धेरै बढ्ने भए पनि किसानले धान्न मुस्किल हुने भएकाले पटक पटक गरी सात प्रतिकिलो मात्रै मूल्य बढेको उनको भनाइ छ । हाल लेयर्स दानाको मूल्य सरदर ६० रुपैयाँ प्रतिकिलो पर्न आउँछ ।

देशको गार्हस्थ्य उत्पादनको एक प्रतिशत अण्डाले मात्रै थेग्ने दाबी गर्दै उनले मूल्य नपाएकै कारण धेरै किसान विस्थापित भएको बताउनुभयो । नेपालमा दुई हजार ७०० किसानले लेयर्स कुखुरा पाल्दै आएका छन् । यी फार्ममा दुई लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको व्यवसायी बताउँछन् । नेपालमा कुखुरापालन क्षेत्रमा एक खर्ब २५ अर्बभन्दा बढी लगानी भएको व्यवसायीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालको जलविद्युतमा लगानीको उचित वातावरण निर्माण गर्न भारतको आग्रह

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव

शेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से उच्च अंकले बढेको छ

सुन्तलाले फेरिएको बाँसखर्कको पहिचान

सन्तोष गौतम, म्याग्दी। पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ५२ वर्षअघि बलबहादुर अर्मजा र बलबहादुर

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । मंगलबार सुनको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी