४५६ मेघावाट क्षमताको माथिल्लो तामाकोसीको मुख्य सुरुङमा पानी खसालियो



 

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको माथिल्लो तामाकोशीको मुख्य सुरुङमा आजदेखि पानी भर्न थालिएको छ । कुल चार सय ५६ मेघावाट क्षमताको जलविद्युत् आयोजनाको बाँधस्थलमा पानी भर्ने बटम थिचेर सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ र भौतिक तथा पूर्वाधार मन्त्री वसन्त नेम्वाङले सुरुङमा पानी खसाल्ने कामको सुरुवात गर्नुभएको हो । मन्त्री पार्वत गुरुङले नेपालको जलविद्युत् क्षेत्रको इतिहासमा सबैभन्दा खुसीको क्षण भएको बताए ।

राष्ट्रिय गौरवको आयोजनाको रूपमा लिइएको तामाकोशी आयोजनाले वैशाख मसान्तसम्म पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । यद्यपि आयोजनाले विद्युत् उत्पादनको मिति भने अहिलेसम्म तय गरेको छैन । सुरुङमा पानी पठाएपछि मुख्य सुरुङ र पेनस्टकको परीक्षण हुने आयोजनाले जनाएको छ । यस क्रममा पहिलो युनिटबाट २०७८ वैशाख महिनाभित्र विद्युत् उत्पादन शुरु हुने छ ।

चालु आर्थिक वर्षभित्रमा सम्पूर्ण निर्माण सम्पन्न गरी ४५६ मेगावाट नै विद्युत् उत्पादन हुनेछ । आयोजनामा ७६÷७६ मेगावाटका ६ वटा युनिटहरू रहेका छन् । पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटहरूबाट क्रमश विद्युत् उत्पादन हुनेछ । विसं २०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पु¥याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल ० ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो ।

लट २ को ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याको रेल एण्ड इन्जिनियरिङले पाएको थियो । कम्पनीको कमजोर कार्यसम्पादनका कारण बाँधका पेनस्टक पाइपलगायतका हाइड्रोमेकानिकल उपकरणहरू उत्पादन र जडानमा ढिलो भई आयोजनाको समग्र निर्माण कार्यमै ढिलाइ भएको हो ।

भूकम्पले गर्दा झण्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेरलगायतले आयोजनाको निर्माणमा केही ढिलाइ भएको हो । स्वदेशी लगानीमा हाल निर्माण भइरहेको मुलुककै सबैभन्दा ठूलो आयोजना ठूला–ठूला प्राकृतिक विपत्ति र विश्वव्यापी महामारी कोभिड–१९ को चपेटामा प¥यो, त्यसबाट तङ्ग्रिदै विद्युत् उत्पादनको चरणमा पुगेको हो ।

लट २ को ठेक्का पाएको टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि अत्यन्तै कठिन मानिएको तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा आयोजनालाई वित्तीय भार नपर्ने गरी इलेक्ट्रोमेकानिकल ९लट ३० को ठेकदारलाई दिइएको थियो । आयोजनाले चरिकोट दोलखा सिंगटी ३५ किलोमिटर सडकमा करिब रु एक अर्ब खर्च गरी स्तरोन्नति गरेको थियो । आयोजनाले सिङ्गटीदेखि बाँधस्थल लामाबगरसम्म सुरुङमार्गसहित २९ किलोमिटर सडक र ७ वटा पक्की पुल बनाएको छ ।

यही पूर्वाधारलाई प्रयोग गरी तामाकोशी नदी बेसिनमा पर्ने विभिन्न खोलामा माथिल्लो तामाकोशी बाहेक सानाठूला गरी करिब ७०० मेगावाट जम्मा क्षमता बराबरका २१ जलविद्युत् आयोजनाहरू अगाडि बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निकुञ्ज क्षेत्रमा विकास आयोजना निर्माण गर्ने कानुन सर्वोच्चद्वारा बदर

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षलगायतका संरक्षित क्षेत्रमा विकास

पेट्रोलमा दुई तथा डिजेल र मट्टीतेलको प्रतिलिटर तीन रुपैयाँ मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार मध्यरातिदेखि

सहकारी ठगीमा रविलाई काठमाडौंमा पनि कास्कीको जस्तै आदेश(पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत काठमाडौंले ६० लाख

भूमिसम्बन्धी अध्यादेश जारी भएपछि बालेनले भने-बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राष्ट्रपति रामचन्द्र पौडेलले भूमि सम्बन्धी अध्यादेश