घरेलु तथा साना उद्योग महासङ्घको महाअधिवेशन जेठमा हुने



काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २५औँ राष्ट्रिय महाअधिवेशन आगामी जेठ २४, २५ र २६ गते राजधानीमा हुने भएको छ । महासङ्घको शनिबार भएको केन्द्रीय कार्यसमितिको ११औँ बैठकले महाधिवेशनको मिति टुङ्गो लगाउनाका साथै २२औँ महिला उद्यमी सम्मेलन पनि सोही अवसरमा आयोजना गर्ने निर्णय गरेको महासङ्घका महासचिव डम्बरप्रसाद रेग्मीले जानकारी दिए ।

बैठकले नेपाल नवीकरणीय ऊर्जा परिसङ्घसँग एकीकरण गर्ने प्रक्रियालाई पनि अगाडि बढाएको छ । परिसङ्घ नेपालमा नवीकरण ऊर्जा प्रविधि विकासमा क्रियाशील निजी क्षेत्रका कम्पनीहरूको छाता सङ्गठन हो ।

यसैबीच, नेपाल उद्योग वाणिज्य महासङ्घले पूर्वअध्यक्ष रविभक्त श्रेष्ठको संयोजकत्वमा चार सदस्यीय अनुशासन समिति गठन गरिएको जनाएको छ । समितिको उपसंयोजकमा अर्का पूर्वअध्यक्ष कुशकुमार जोशीलाई मनोनयन गरिएको महासङ्घले शनिबार विज्ञप्तिमार्फत बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग

काठमाडौँ । उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी मान्यता दिन माग गरेका छन्

सरकारले तोक्यो चैते धानको मूल्य

काठमाडौँ ।  सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार भने उकालो

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत