धुम्बाराहीस्थित तरकारी बजारमा नबिल बैंकको क्यूआर कोड भुक्तानी सेवा



काठमाडौं । नबिल बैंकले काठमाडौंको धुम्बाराहीस्थित तरकारी बजारमा क्यूआर कोड भुक्तानी सेवा शुरु गरेको छ । बैंकले मंगलबार एक कार्यक्रम गरी धुम्बाराही तरकारी बजारमा क्यूआर कोडमार्फत भुक्तानी सेवा शुरु गरेको हो ।

बैंकले नगदरहित भुक्तानी सेवालाई विस्तार गर्ने अभियान अनुरुप उक्त तरकारी बजारमा क्यूआरकोड भुक्तानी सेवा शुरु गरेको हो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले क्यूआर कोडको प्रयोगले डिजिटल प्रविधिमा आधारित कारोबारमा मानिसहरुलाई सहज बनाउने बताए ।

कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले देशैभर सानो सानो पसलमा क्यूआर कोड मार्फत नगदरहित कारोबार गराउने अभियानमा बैैंक लागेको बताए । अहिले क्यूआर कोडका कारण बैंकिङ कारोबार बढेको र कहिल्यै पनि बैंक खाता नखोलेका मानिसले पनि बैंक खाता खोली कारोबार गर्न थालेको उनले बताए ।

क्यूआर कोडबाट रकम भुक्तानी लिदा कुनैपनि सेवा शुल्क नलाग्ने भएकाले यसको प्रचलन बढ्दै गएको छ । यस्तै नगदरहित कारोबार बढाउने नेपाल राष्ट्र बैंकको अभियानलाई पनि क्यूआर कोडमार्फत हुने कारोबारले सघाउ पुग्ने विश्वास बैंकले लिएको छ ।

धुम्बाराही तरकारी बजारमा थोक र खुद्रा गरी दुई सय पसल रहेका छन् । बैंकले अहिले ५० वटा पसलमा व्यवसायिक क्यूआर कोड भुक्तानी सेवा शुरु गरेको छ । बाँकी पसललाई पनि छिट्टै क्यूआर कोड प्रदान गरिने बैंकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा : तीनमहिनादेखि उत्पादन बन्द

बागमती । हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा परेको

मौरीपालनबाट लाभान्वित किसान

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–९ का विष्णुबहादुर खड्का अचेल मौरीको

आजका लागि विदेशी मुद्राको विनिमय दर

  काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

पेट्रोलमा दुई तथा डिजेल र मट्टीतेलको प्रतिलिटर तीन रुपैयाँ मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार मध्यरातिदेखि