केराउ आयातका लागि १५ गुणा आवेदन



काठमाडौं । केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिच आयातमा गत वर्षदेखि लगाइएको बन्देज पूर्णरूपमा खुला भएसँगै पछिल्लो समय उक्त वस्तु आयातको माग उच्च भएको छ । आयातमा एक वर्षको प्रतिबन्धपछि गत चैत ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त प्रतिबन्धमा परिमाणमा कोटा तोकेको हो ।

परिमाणमा कोटा तोकिएभन्दा १५ गुणा वस्तु आयातको माग आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ । विभागको बुधबार साँझको तथ्याङ्कअनुसार केराउमा १५, सुपारीमा नौ, छोकडामा आठ र नधुल्याइएको मरिचमा नौ गुणसम्म आवेदन परेको छ ।

सरकारले वार्षिक ८० हजार मेट्रिक टन केराउ, २५ हजार मेट्रिक टन सुपारी, पाँच हजार मेट्रिक टन छोकडा र १५ हजार मेट्रिक टन नधुल्याइएको मरिच आयात गर्न सकिने गरी प्रतिबन्ध हटाएको हो । लामो समयपछि चार वस्तुको आयातमा लगाइएको प्रतिबन्ध हटाएपछि उक्त वस्तुको आयातमा व्यवसायीको माग धेरै आएको विभागका प्रवक्ता शिवराज सेढाईँले जानकारी दिए ।

उनका अनुसार बुधबार साँझसम्म केराउ आयातका लागि २३३ निवेदनबाट १२ लाख २५ हजार २९० मेट्रिक टन र सुपारी आयातका लागि ७५ वटा निवेदनबाट दुुई लाख २७ हजार २७० मेट्रिक टनको माग आएको छ ।

यसैगरी, छोकडा आयातका लागि १०१ निवेदनबाट ४१ हजार ९९५ मेट्रिक टन र नधुल्याइएको मरिच आयातका लागि १६९ वटा निवेदनबाट एक लाख ४० हजार ८२ मेट्रिक टनको माग आएको छ ।

उक्त वस्तु पैठारीकर्ताबाट माग भएको वस्तु तोेकिएको समयमा आयात हुने निश्चित गर्न आवश्यक कागजात संलग्न नै नगरी निवेदनमा माग गरेको परिमाण मात्र उल्लेख गरी निवेदन आएको विभागले जनाएको छ ।

विभागले आयातित वस्तु वास्तविक उपभोक्तासम्म पुग्ने निश्चितताका लागि आयातकर्ता कम्पनीसँग व्यवसायको कम्पनी, उद्योग, वाणिज्य दर्ता अनुमतिपत्र, गत आर्थिक वर्ष २०७६/७७ सम्मको करचुक्ता प्रमाणपत्र, आयात गर्ने सम्भावित मुलुक र यसअघि आयात गरेको विवरण र परिमाण खुल्ने कागजपत्र पेश गर्न विभागले आग्रह गरेको छ ।

गत वर्षको चैतमा केराउ, मरिच, छोकडा, सुपारी मदिराजस्ता वस्तुको आयातमा तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले पूर्णरूपमा रोक लगाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा : तीनमहिनादेखि उत्पादन बन्द

बागमती । हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा परेको

मौरीपालनबाट लाभान्वित किसान

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–९ का विष्णुबहादुर खड्का अचेल मौरीको

आजका लागि विदेशी मुद्राको विनिमय दर

  काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

पेट्रोलमा दुई तथा डिजेल र मट्टीतेलको प्रतिलिटर तीन रुपैयाँ मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार मध्यरातिदेखि