मनकामना केबलकार नयाँ प्रविधिबाट सञ्चालन गरिने



काठमाडौँ । मनकामना केबलकार २३ औँ बर्षमा प्रवेश गरेको छ । सो अवसरमा कम्पनीले अबको दुई बर्षपछि केबलकार नयाँ प्रविधिबाट चल्ने जानकारी दिएको छ ।

वि.सं. २०५५ मंसिर ८ गतेबाट शुरुवात भएको मनकामना केबलकार प्रविधियुक्त बनाउन विभिन्न चरणमा स्तरोन्नति गरिने भएको हो ।
कम्पनीको २३ औँ बार्षिकोत्सवको अवसरमा सबैको सहयोग, सद्भाव र साथले केबलकार सञ्चालनले निरन्तरता पाएको र सफलता प्राप्त गर्न सफल भएको मनकामना केबलकारका कार्यकारी सञ्चालक राजुबाबु श्रेष्ठले बताए ।

लामो समयसम्मको सञ्चालनमा मर्मत, सम्भार खर्च बढ्न गएको र नयाँ प्रविधिको विकास भइसकेको अवस्थामा केबलकारलाई प्रविधियुक्त बनाउन विभिन्न चरणमा स्तरोन्नति गरिने पनि उनले जानकारी दिए ।

सञ्चालक श्रेष्ठका अनुसार पहिलो चरणमा अति आवश्यक र मर्मत गर्न नसकिने पार्टपुर्जाहरू फेरिने छ भने दोस्रो चरणमा नयाँ प्रविधिमैत्री बनाउन पूर्वाधार तयार र केही अन्य थप पार्टपुर्जाहरू फेरिने छ ।

यसैगरी अन्तिम चरणमा हाल एनालग सिस्टमबाट डिजिटल सिस्टममा स्तरोन्नति गर्ने, केबल लठ्ठा फेरबदल गर्ने, कम्युनिकेट केबललाई सेट्रा केवलमा रूपान्तरण गर्ने डिसि ड्राइभलाई एसि ड्राइभमा रूपान्तरण गरी हाल बिद्यमान प्रविधियुक्त बनाइने उनले बताए ।

यी तीन चरणमा कार्य गर्न करिब २ बर्ष लाग्ने उनको भनाइ छ । आगामी दुई बर्षमा अर्थात २५औँ बार्षिकोत्सवमा मनकामना केबलकार नयाँ प्रविधिबाट सञ्चालन हुने सञ्चालक श्रेष्ठले जानकारी दिए । मर्मत, सम्भार, पार्टपुर्जा फेर्ने र पूर्वाधार निर्माणका लागि केबलकार सेवा पटक पटक अवरुद्ध हुने भएकाले यात्रु तथा भक्तजनलाई यात्रामा बाधा पुग्नसक्नेतर्फ कम्पनीले सचेत गराएको छ । मर्मत, सम्भारको काम हुने अवधिबाहेकको समयमा भने केबलकार यथावत सञ्चालन हुने कम्पनीको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा : तीनमहिनादेखि उत्पादन बन्द

बागमती । हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा परेको

मौरीपालनबाट लाभान्वित किसान

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–९ का विष्णुबहादुर खड्का अचेल मौरीको

आजका लागि विदेशी मुद्राको विनिमय दर

  काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

पेट्रोलमा दुई तथा डिजेल र मट्टीतेलको प्रतिलिटर तीन रुपैयाँ मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार मध्यरातिदेखि