तनहुँको बन्दीपुरलाई बाख्रापालन पकेट क्षेत्र बनाइने



तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–१ लाई बाख्रापालनका लागि पकेट क्षेत्र बनाउन लागिएको छ । मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले बाख्रापालन पकेट क्षेत्र बनाउन लागेको हो ।

प्रधामन्त्री कृषि परियोजनाअन्तर्गत बाख्रापालन पकेट क्षेत्रका लागि १५ लाख विनियोजन भएको वडाध्यक्ष भानुभक्त पोखरेलले जानकारी दिए । गाउँपालिकाले बाख्रापालनका लागि १ नम्बर वडालाई छनोट गरेपछि कार्यक्रमको प्रक्रिया अघि बढाइएको उनले बताए ।

वडाका अगुवा किसानलाई जिल्लाको भिमादनगरपालिका–९ पाथार्दीस्थित नमूनारूपमा रहेको सिर्जनशील बाख्रा फार्मको अवलोकन गराउनुका साथै विभिन्न क्षेत्रमा रहेका बाख्राफार्मको अवलोकन गराइसकिएको उनले बताए ।

बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदी, पशु शाखा प्रमुख मधुविलास न्यौपाने, बाख्रापालन किसानलगायतको टोलीले अन्य क्षेत्रमा पालिएको बाख्राफार्मको अवलोकन गरेको हो ।

बाख्रा पकेट क्षेत्रका लागि विनियोजन भएको उक्त रकम वडाभित्र रहेको हरियाली कृषक समूहलाई प्रदान गरिनेछ । उनले भने, “किसानले बाख्राको खोर व्यवस्थापन, खोर सुधार तथा औषधि व्यवस्थापन दाना, घाँसलगायतका सम्पूर्ण काम गर्नेछन् ।”

वडामा रहेको १० टोलका बाख्रापालन कृषक समुहमा आबद्ध हुनेछन् । गाउँपालिकाले उक्त वडामा रहेका बाख्रापालन किसानको घरघरमा पुगेर सर्वेक्षण गर्ने काम सम्पन्न गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए ।

बाख्रापालन पकेट क्षेत्र बनाउनका लागि शुरुमा एक हजार बाख्रा राखिनेछ । उनले भने, “एक घरधुरीले कम्तीमा पाँचवटा माउ बाख्रा पालेको हुनुपर्छ ।”

प्रधामन्त्री कृषि परियोजनाका प्रमुख कुलप्रसाद अधिकारीले १५ लाख छुट्याइदिएपछि गाउँपालिकाले निर्णय गरेर उक्त कृषक समूहलाई रकम हस्तान्तरण गरेको हो ।

एक सय ५० जना बाख्रापालन कृषक छनोट भइसकेको र बढ्ने क्रम जारी रहेको बन्दीपुर गाउँपालिका कार्यालयले जनाएको छ । बन्दीपुर–१ मा बाख्रा पकेट क्षेत्र कार्यक्रम शुरु भएपछि त्यस क्षेत्रका बाख्रापालन किसान थप उत्साहित भएर लागेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि

सुक्खा बन्दरगाह भन्सारः ६ महिनाको अवधिमा २३ अर्ब ३४ करोड संकलन

पर्सा । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा 

हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा : तीनमहिनादेखि उत्पादन बन्द

बागमती । हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा परेको

मौरीपालनबाट लाभान्वित किसान

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–९ का विष्णुबहादुर खड्का अचेल मौरीको