आठ महिनामा ९ सय खाद्य वस्तुको नमूना परीक्षण



काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आठ महीनाको अवधिमा ८८१ वटा वस्तुुको नमूना परीक्षण गरेको छ । विभागले चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म बजार अनुगमन तथा निरीक्षण गर्दा विभिन्न स्थानबाट दुई हजार बढी वस्तुको नमूना सङ्कलन गरेको थियो ।

विभाग मातहतका ४३ कार्यालयबाट बजार निरीक्षण तथा अनुगमनबाट चालू आर्थिक वर्षको पहिलो चौमासिकमा एक हजार १८९ र दोस्रो आर्थिक वर्षमा एक हजार ९५ गरी आठ महीनाको अवधिमा दुई हजार २८४ वटा वस्तुको नमूना सङ्कलन गरिएको विभागका महानिर्देशक उपेन्द्र रायले जानकारी दिए ।

उनका अनुसार दोस्रो चौमासिकमा ८८१ वटा नमूनाको विश्लेषण गरिएको थियो ।ती वस्तुमा २७४ खाद्यान्न तथा दलहनजन्य, १२४ तेल तथा घ्यूजन्य, ९८ वटा दाना, ९१ फल तथा सागपातजन्य, ६९ वटा मसला, ३१ वटा कन्फेक्सनरिका, २९ प्रशोधित पिउने पानी र १९ वटा दूध तथा दुग्ध पदार्थको नमूना विश्लेषण गरिएको थियो । नमूना विश्लेषण गर्दा दोस्रो चौमासिकमा ५७ नमूना मापदण्डविपरीतका रहेका थिए ।

विभिागको तथ्याङ्कअनुसार पहिलो चौमासिकमा ७० नमूना मापदण्डविपरीत रहेका थिए । आठ महीनाको अवधिमा १२७ वटा नमूना मापदण्ड विपरीतका छन् । सोमध्ये दानाका ३१ नमूना, प्रशोधित पिउने पानीका १८ नमूना, खाद्यान्नका २० नमूना, तेल तथा घ्यूजन्य १९ नमूनालगायतका अन्य खाद्य पदार्थका नमूना रहेका थिए ।

विभागले चालू आवको आठ महीनाको अवधिमा खाद्य ऐन तथा नियमानुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्रीवितरण गर्ने ७६ मुद्दा दर्ता गरेको छ । विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर पहिलो चौमासिकमा २६ र दोस्रो चौमासिकमा ५० थान मुद्दा दर्ता भएको महानिर्देशक रायले जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै मुद्दा प्रशोधित पिउने पानीमा रहेको छन् । आठ महीनाको अवधिमा पानीका ११, तयारी चाउचाउ सात, मसला छ, घ्यू पाँच, तेल, बेकरी, दाना, बिस्कुटलगायत उद्योगमा चार वटा मुद्दा दर्ता भएको छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि

सुक्खा बन्दरगाह भन्सारः ६ महिनाको अवधिमा २३ अर्ब ३४ करोड संकलन

पर्सा । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा 

हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा : तीनमहिनादेखि उत्पादन बन्द

बागमती । हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा परेको

मौरीपालनबाट लाभान्वित किसान

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–९ का विष्णुबहादुर खड्का अचेल मौरीको