आयल निगमद्वारा फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बृद्धि गरेको छ । मंगलबार मध्यरातिदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बृद्धि गरेको छ।
नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य ११८ र डिजेल तथा मट्टितेलको १०१ रुपैयाँ पुगेको छ। साथै, हवाई ईन्धनको आन्तरिकतर्फ साविकको मूल्यमा २ रुपैयाँ बृद्धि गरी ७४ रुपैयाँ प्रतिलिटर पुर्याएको छ।