रोजगारीमा जाने घटे पनि विप्रेषण आप्रवाहमा ११ प्रतिशतले वृद्धि



काठमाडौं । कोरोनालगायतका कारणले वैदेशिक रोजगारीमा जाने नेपाली युवाको सङ्ख्यामा कमी आएको भए पनि विप्रेषण आप्रवाह भने ११ प्रतिशतले बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार चालू आर्थिक वर्षको सात महिनामा कूल पाँच खर्ब ६७ अर्ब ७० करोड बराबरको विप्रेषण भित्रिएको छ ।

बैंकका अनुसार विप्रेषण आप्रवाहमा १०.९ प्रतिशतले वृद्धि भएको पाइएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई चार अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.५ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ७५.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २१.७ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ६७.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ०.६ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ८.८ प्रतिशतले वृद्धि भई ६२९ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.५ प्रतिशतले घटेको थियो । यस्तै, खुद सेवा आय ३२ अर्ब तीन करोडले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय तीन अर्ब आठ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९१.९ प्रतिशतले कमी आई तीन अर्ब ८७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४८ अर्ब एक करोड रहेको थियो ।

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय ५६.७ प्रतिशतले कमी आई १८ अर्ब ८५ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्फको  व्यय १५ अर्ब ५८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ४३ अर्ब ४९ करोड रहेकोमा शिक्षातर्फको व्यय २० अर्ब ९७ करोड रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुन चाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा

अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’

तनहुँ । व्यास नगरपालिका–१० दुम्सीका पशुपालक किसानले अनुदानको आशा नराखी कृषि उपज बिक्री

घुम्नैपर्ने एक सय गन्तव्यमध्येको मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न महोत्सव

भोजपुर ।  मुन्दुम पदमार्गको प्रवर्द्धन गर्न महोत्सव सुरु भएको छ। सरकारको घुम्नैपर्ने एक

दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’

खोटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कफीखेती प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ ।