ज्योति लाइफको आइपिओका लागि १८ लाख चार हजारले दिए आवेदन



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आइपिओमा आवेदनको रेकर्ड ब्रेक भएको छ । इन्स्योरेन्सको प्रबन्धक एनएमबी क्यापिटलका अनुसार इन्स्योरेन्सको आइपिओमा १८ लाख चार हजार ६४८ जनाको आवेदन परेको छ । आइपिओ खरीदका लागि तीन करोड ८० लाख ५७ हजार ७१० कित्ता बराबरको आवेदन परेको छ ।

आइपिओमा आवेदन सर्वसाधारणलाई निष्काशनमा ल्याइएको ५९ लाख ४० हजार कित्ताको ६.४० गुणा बढी परेको छ । कम्पनीले यही फागुन २१ गते देखि कुल जारी पूँजीको ३० प्रतिशत अर्थात् रु ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको थियो ।

त्यसमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३० हजार कित्ता कर्मचारी र अर्को पाँच प्रतिशत अर्थात् तीन लाख ३० हजार कित्ता सामूहिक लागनी कोषलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणका लागि निष्काशनमा ल्याएको थियो ।

अहिले कम्पनीको अधिकृत पूँजी तीन अर्ब, जारी पूँजी दुई अर्ब २० करोड र चुक्ता पूँजी एक अर्ब ५४ करोड छ । सर्वसाधारणलाई आइपिओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब २० करोड पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई वर्षभित्र पाँच सय मेगावाट उत्पादन गर्ने प्रोजिल इनर्जीको लक्ष्य

  काठमाडौं । सरकारले हरित ऊर्जा विकासलाई सहज बनाउन यस क्षेत्रमा देखापरेका प्रक्रियागत

सङ्खुवासभाबाट एक अर्ब बढीको अलैँची निर्यात

सङ्खुवासभा। चालु आर्थिक वर्षमा सङ्खुवासभाबाट एक अर्ब बढी मूल्यको अलैँची निर्यात भएको छ।

सिमेन्टमा मूल्यवृद्धिको विवाद चाँडै टुङ्गिन्छः मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिमेन्टमा मूल्यवृद्धि भएको विषयप्रति मन्त्रालयले

सरकारलाई लेखा समितिको निर्देशनः सिमेन्टको मूल्य बढ्नुको कारण सात दिनभित्र पेस गर्नु

काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य बढेको विषयमा विस्तृत अध्ययन गरी