तोलामा पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं । सुनको मूल्य पुनः उकालो लागेको छ । अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आइतबार साताको पहिलो दिन नै तोलमा ५०० रुपैयाँले वृद्धि भएको छ ।

मूल्य उकालो लाग्ने क्रममा आइतबार छापावाला सुन तोलामा ८६ हजार १०० रुपैयाँ मूल्य निर्धारण भएको छ । छापावाला सुन तोलामा शुक्रबार ८५ हजार ६०० रुपैयाँमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन पनि तोलामा ५०० रुपैयाँले नै उकालो लागेको छ ।

तोलामा ८५ हजार १५० रुपैयाँमा शुक्रबार कारोवार भएको तेजाबी सुन आजका लागि भने ८५ हजार ६५० रुपैयाँ मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी तोलामा एक हजार २५० रुपैयाँमा कारोवार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र काठमाडौं विश्वविद्यालयबीच सम्झौता

काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि नुवाकोटको

चैतसम्म वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौँ । चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख

तातोपानी भन्सारबाट तीन हजार पाँच सय टन रासायनिक मल काठमाडौँ ढुवानी

सिन्धुपाल्चोक । चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ धमाधम ढुवानी