तोलामा ९ सय रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं । सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ । लगातार ओरालो लागिरहेको सुनको मूल्य शुक्रबार पनि तोलामा ९०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा शुक्रबार छापावाला सुन ९०० रुपैयाँले घटेर तोलामा ८५ हजार ६०० रुपैयाँ मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोवार भएको थियो ।

यसैगरी तेजाबी सुन तोलाको ८५ हजार १५० रुपैयाँ मूल्य निर्धारण भएको छ । तेजाबी सुन बिहीबार तोलामा ८६ हजार ५० रुपैयाँमा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । तोलामा एक हजार २८५ रुपैयाँमा बिहीबार कारोवार भएको चाँदी आज भने एक हजार २५० रुपैयाँ मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारका अमिरको भ्रमणबाट पर्यटन व्यवसायी उत्साहित

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

चिया निर्यातमा हट्यो भारतीय अवरोध, १७ वटा नेपाली ट्रक भन्सार पास

झापा । भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात बुधबारदेखि खुला

धनकुटाको कोसेली नरिवल बिस्कुट

धनकुटा । के तपाईँ धनकुटा पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने अवश्य

शेयर बजारमा झिनो अंकको बृद्धि

काठमाडौं । शेयर बजार नेप्से झिनो अंकले बढेको छ । बुधबार नेप्से शून्य