उपत्यकामा मात्रै बीमा संस्थानका चार शाखा



काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले आफ्नो व्यवसाय विस्तार गर्ने र बीमाको पहुँच बढाउने ध्येयका साथ शाखा बढाउने क्रमलाई तीव्र पारेको छ । निजी क्षेत्रका बीमा कम्पनीले धेरै स्थानमा शाखा खोल्दै व्यवसाय विस्तार गरिरहेको बेला संस्थानले पनि अब क्रमशः देशभर नै आफ्नो उपस्थिति जनाउन लागेको हो ।

संस्थानले पछिल्लो पटक काठमाडौँको चाबहिलमा १७ औँ र भक्तपुरको सूर्यविनायकमा १८ औँ शाखा सञ्चालनमा ल्याएको जनाएको छ । संस्थानले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार चाबहिल शाखाको सोमबार काठमाडौँ महानगरपालिका–७ का अध्यक्ष सुतकुमार डङ्गोल र संस्थान सञ्चालक समितिका अध्यक्ष गङ्गाराम कँडेलले संयुक्तरुपमा उद्घाटन गरेका छन् ।

वडाध्यक्ष डङ्गोलका अनुसार चाबहिल क्षेत्रमा शाखा सञ्चालनमा ल्याएकामा आभार प्रकट गर्दै सरकारी संस्थान भएकाले बीमा व्यवसाय र साक्षरता अभियान चलाउनु जरुरी छ । संस्थान सञ्चालक समितिका अध्यक्ष कँडेलले बीमा जीवनको सुरक्षाका साथै राष्ट्रको आर्थिक विकासका लागि पनि मेरुदण्ड भएको बताए । चावहिलमा शाखा सञ्चालनमा आएपछि सो क्षेत्रका बासिन्दा केन्द्रीय कार्यालयसम्म पुगिरहन नपर्ने उनले बताए ।

संस्थानका प्रशासन कवि पाठकले जीवन बीमामै जेठो कम्पनी संस्थान जीवन बीमा व्यवसायमा जीवन बीमा कोषको आधारमा चौंथो र बीमा शुल्क सङ्कलनको आधारमा तेस्रो स्थान हासिल गर्न संस्थान सफल भएको बताए । नेपाली बीमा बजारमा आफ्नो हिस्सा क्रमशः बढाउँदै लाने कार्यमा संस्थान अझ प्रयत्नशील रहने उनको भनाइ थियो ।

यस्तै संस्थानको सूर्यविनायकमा सञ्चालनमा आएको नयाँ शाखाको मङ्गलबार सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा र संस्थानका अध्यक्ष कँडेलले संयुक्तरुपमा उद्घाटन गरेका संस्थानले जनाएको छ । संस्थानको काठमाडौँको कलङ्कीमा अर्को शाखा सञ्चालनमा आइसकेको छ भने ललितपुरको लगनखेलमा पनि तयार भएको कार्यालयबाट छिट्टै कारोवार शुरु हुन लागेको संस्थानले जनाएको छ । योसँगै संस्थानको उपत्यकाभित्र शाखा सङ्ख्या चार पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा

मान्म । कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा तिलागुफा नगरपालिका-३ फोइमहादेव गाउँमा रहेको छ

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा

समृद्धिको आकाङ्क्षा पूरा गर्न लगानी सम्मेलन ऐतिहासिक कोशेढुङ्गा सावित हुनेछः उद्योगमन्त्री भण्डारी(अन्तरवार्ता)

काठमाडौँ । ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ अर्को साता (वैशाख १६ र १७ गते)

चीनले नेपालमा सञ्चालन हुने सहायता परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने