तोलामा पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं । आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले ओरालो लागेको छ । अघिल्लो साता पनि ओरालो लागेको सुन आज साताको पहिलो दिन नै तोलामा ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ८८ हजार ३०० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

शुक्रबार छापावाला सुन तोलामा ८८ हजार ८०० रुपैयाँमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन तोलामा ८७ हजार ८५० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । शुक्रबार तेजाबी सुन तोलामा ८८ हजार ३५० रुपैयाँमा कारोवार भएको थियो । यस्तै चाँदी आज तोलामा १० रुपैयाँले घटेको छ । शुक्रबार तोलामा एक हजार ३३५ रुपैयाँमा कारोवार भएको चाँदी आज भने एक हजार ३२५ रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार भने उकालो

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन

वीरगञ्ज । मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१

बेलायतलाई नेपालमा लगानी बढाउन अर्थमन्त्रीको आग्रह

काठमाडौं । आगामी वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली आउने