कुमारी इक्विटी फण्ड बिक्री गरिँदै



काठमाडौं । सामूहिक लगानी कोषमा लगानी गर्न चाहनेलाई लक्षित गरेर यही फागुन १४ गतेदेखि कुमारी इक्विटी फण्ड बिक्री गरिने भएको छ । पछिल्ला दिनमा शेयर बजारमा लगानीकर्ताको आकर्षण बढीरहेको बेला सानो लगानी गर्नेका लागि यो योजना महत्वपूर्ण हुने सम्बन्धित बिक्रीकर्ताले जनाएको छ । सो बन्दमुखी योजनाअनुसार कूल आठ करोड एकाई बिक्री गर्न लागिएको हो ।

कुमारी बैंकको ‘कुमारी सामूहिक लगानी योजना’अनुसार बिक्री गर्न लागिएको योजनाअन्तर्गत कूल छ करोड ८० लाख एकाई सर्वसाधारणका लागि उपलब्ध हुनेछ । कूल १० वर्षे अवधिको उक्त योजनाअन्तर्गत एक करोड २० लाख एकाई प्रवद्र्धक कुमारी बैंक लिमिटेडलाई सुरक्षित राखिएको छ ।

उक्त योजनाको एकाई बिक्री बन्द हुने मिति छिटोमा यही फागुन १८ गतेसम्म रहेको छ भने ढिलोमा फागुन २८ गतेसम्म रहेको छ । आवेदन दिनुपर्ने एकाई न्यूनतम १०० रहेको छ । इक्रा नेपालले उक्त योजनाको रेटिङ गरेको थियो । सो योजनाको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारका अमिरको भ्रमणबाट पर्यटन व्यवसायी उत्साहित

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

चिया निर्यातमा हट्यो भारतीय अवरोध, १७ वटा नेपाली ट्रक भन्सार पास

झापा । भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात बुधबारदेखि खुला

धनकुटाको कोसेली नरिवल बिस्कुट

धनकुटा । के तपाईँ धनकुटा पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने अवश्य

शेयर बजारमा झिनो अंकको बृद्धि

काठमाडौं । शेयर बजार नेप्से झिनो अंकले बढेको छ । बुधबार नेप्से शून्य