महिला लघुवित्तको आईपीओ बाँडफाँट, १५ लाखको हात खाली



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बाँडफाँट गरिएको छ । धेरै आवेदन परेका कारण प्रतिशत आवेदकले मात्रै पाएका हुन् । १५ लाख ३६ हजार ६८२ सदर आवेदकमध्ये गोलाप्रथाबाट ३७ हजार ५०० जनाले १०/१० कित्ता हात पारेका छन् ।

यसैगरी लघुवित्तका १५३ जना कर्मचारीलाई ५ हजार कित्ता शेयर बाँडफाँट गरिएको छ भने सामुहिक लगानी कोषका लागि २० हजार कित्ता बाँडफाँट गरिएको लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ ।

बिक्री प्रबन्धकका अनुसार लघुवित्तको आईपीओमा कुल १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएका थिए । जसमध्ये ३ हजार ३५३ आवेदकको आवेदन रद्ध गरिएको छ ।

आईपीओमा कुल २ करोड ३७ लाख ४७ हजार ५९० कित्ता शेयरको माग भएको थियो। जसमध्ये ५४ हजार ९६० कित्ता दोहोरो आवेदनका कारण रद्ध गरिएको जनाइएको छ । लघुवित्तले प्रतिशेयर मूल्य १०० रुपैयाँ अंकित दरका ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नौ महिनाको अवधिमा चितवन प्रहरीमा सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको

सहकारीका समस्या समाधान गर्न कठोर कदम चाल्नुपर्छः मन्त्री अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको नियमन सुपरीवेक्षण

एक सय ५९ खानी उत्खननका लागि अनुमति

  काठमाडौँ ।  खानी तथा भूगर्भ विभागले विभिन्न समयमा खोजतलास गरिएका एक सय