प्रधानमन्त्रीद्वारा बुटवलमा लुम्बिनी केबल कारको शिलान्यास
बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी केबल कार आयोजना निर्माणको शिलान्यास सिलान्यास गरेका छन् । बुटवल उपमहानगर तीन बाट पाल्पाको तिनाउ बसन्तपुर डाँडा जोड्ने हिलस्टेसन सहितको केबल कार करिब तीन अर्बको लगानीमा आगामी एक वर्षभित्र निर्माण गर्ने लक्ष्य रहेको छ ।
चन्द्रागिरी केबुल कारपछि बुटवलमा निर्माण गरिने यो राम्रो स्थानको आयोजना रहेको मानिएको छ । कार्यक्रममा प्रधानमन्त्रीले यसको शिलान्यासबाट सबै खुशी भएका बताए । उनले अर्काे वर्ष फागुन १ गते वसन्तपुर डाँडामा केबल कारको उद्घाटन गरिने विश्वास पनि व्यक्त गरे ।