१५ सय रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा सुनको भाउ प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा सुन तथा चाँदीको भाउमा बृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबारका लागि महासंघले छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार ९ सय रुपैयाँ तोकेको छ । सोमबार उक्त सुनको कारोबार मूल्य ९० हजार ४ सय रुपैयाँ थियो । आजका लागि तेजावी सुनको प्रतितोला मूल्य ९१ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । सोमबार १ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ मंगलबारका लागि १ हजार ३४० रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्सेमा सात अंकको गिरावट

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा गिरावट आएको छ ।

हराए ‘पोखराको सम्झना’

जमुनावर्षा शर्मा, पोखरा । पोखरा नेपालको प्रमुख पर्यटकीय शहर, प्राकृतिक सौन्दर्य, तालतलैया र

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि

सुक्खा बन्दरगाह भन्सारः ६ महिनाको अवधिमा २३ अर्ब ३४ करोड संकलन

पर्सा । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा