तोलामा दुई सय रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं । सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ । छापावाला सुन तोलामा ९० हजार ४०० रुपैयाँमा कारोवार भएको छ । छापावाला सुन आइतबार तोलामा ९० हजार ६०० रुपैयाँमा कारोवार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुन पनि तोलामा २०० रुपैयाँले घटेको छ । ९० हजार १५० रुपैयाँमा आइतबार कारोवार भएको तेजाबी सुन सोमबार ८९ हजार ९५० रुपैयाँ मूल्य निर्धारण भएको छ ।

त्यस्तै चाँदी तोलामा पाँच रुपैयाँले बढेको छ । एक हजार ३१० रुपैयाँमा आइतबार कारोवार भएको चाँदी सोमबार तोलामा एक हजार ३१५ रुपैयाँ मूल्य निर्धारण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आयोडिनयुक्त नुनको आपूर्ति निजीकरण नगर्न उपभोक्ता मञ्चको आग्रह

काठमाडौं। सरकारले आयोडिनयुक्त नुनको आपूर्ति प्रणालीमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी गरिरहेको भन्दै

सीपयुक्त जनशक्ति नभएसम्म मुलकको विकास हुन सक्दैन : श्रममन्त्री भण्डारी

पाटन। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीले सीपयुक्त जनशक्ति नभएसम्म मुलकको

श्रीलङ्का टापुका किसानलाई अनुदानमा कृषिउपकरण

धरान । बराहक्षेत्र नगरपालिकाले बराहक्षेत्र नगरपालिका-६ र ९ श्रीलङ्का टापुका किसानलाई अनुदानमा आधुनिक

उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज नगर्न माग

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज गर्ने निर्णय