चन्द्रागिरि हिल्सको शेयर कारोबार सुरु



काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा चन्द्रागिरि हिल्सको कारोबार सुरु भएको छ । शुक्रबार नेप्सेमा सूचीकृत भएको कम्पनीको सेयर आइतबार नेप्सेको स्पेसल–प्रि ओपन सेसनमा १६१ रुपैयाँमा पहिलो कारोबार भएको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता ९६ रुपैयाँ ६९ पैसा देखि २९० रुपैयाँ ७ पैसासम्म ओपनिङ रेन्ज तोकेको छ । नेप्सेले सूचीकृत कम्पनीको पहिलो कारोबारको लागि पछिल्लो आर्थिक वर्षको अडिटेड वित्तीय विवरणको आधारमा नेटवर्थदेखि नेटवर्थको तीन गुणसम्म ओपनिङ रेन्ज तोक्ने गर्दछ ।

सोहीअनुसार प्रिओपनिङ सेसनमा कम्पनीको सेयर १६१ रुपैयाँमा पहिलो कारोबार भएको छ । अब आजको कारोबारमा कम्पनीको मूल्य १० प्रतिशतले घटबढ भएमा सर्किट लाग्छ । १६१ रुपैयाँमा पहिलो कारोबार भए पनि कम्पनीको सेयरमा खरिद चाप रहेको छ भने बिक्री चाप शून्य छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्सेमा सात अंकको गिरावट

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा गिरावट आएको छ ।

हराए ‘पोखराको सम्झना’

जमुनावर्षा शर्मा, पोखरा । पोखरा नेपालको प्रमुख पर्यटकीय शहर, प्राकृतिक सौन्दर्य, तालतलैया र

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि

सुक्खा बन्दरगाह भन्सारः ६ महिनाको अवधिमा २३ अर्ब ३४ करोड संकलन

पर्सा । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा