बीमालाई थप परिष्कृत र मर्यादित बनाउने अध्यक्ष सिलवालको प्रतिवद्धता



काठमाडौं । बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले देशमा विस्तारित हुँदै गएको बीमा व्यवसायलाई थप परिष्कृत, मर्यादित र नागरिकका बीचमा पुर्याइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले आम नागरिकको भरोसा बढाउँदै बीमा कम्पनीलाई सोहीअनुसार अगाडि बढाउन आफूले दिलोज्यान दिएर लागिपर्ने बताए । समितिको कार्यालयमा शुक्रबार पदबहालीपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बीमा क्षेत्रमा रहेका विृकति तथा विसंगतिलाई निर्मूल गर्ने र नागरिकमा थप भरोसा दिलाउने उल्लेख गरे ।

समितिलाई नियन्त्रकको काम गर्न बाध्य नबनाउन आग्रह गर्दै उनले कानून, नियम र विधिको परिधिमा रहेर आफनो व्यवसाय सञ्चालन गर्न आग्रह गरे । यस क्षेत्रमा धेरै समस्या रहेको भन्दै सो समस्या समाधान गर्नका लागि काम गर्ने र नियमकले दिने निर्देशन पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने बताए ।

बीमाको विस्तारका लागि के गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिन अनुरोध गर्दै अध्यक्ष सिलवालले पहुँच विस्तार तथा कार्यक्रममा विविधता ल्याउन आग्रह गरे । आगामी दिनमा सबैले व्यवस्थापनमा ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले पैसा भएकालाई भन्दा पनि झुपडीमा बस्ने गरिबले बीमा गर्न सक्ने वातावरण बनाउन आग्रह गरे ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्सेमा सात अंकको गिरावट

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा गिरावट आएको छ ।

हराए ‘पोखराको सम्झना’

जमुनावर्षा शर्मा, पोखरा । पोखरा नेपालको प्रमुख पर्यटकीय शहर, प्राकृतिक सौन्दर्य, तालतलैया र

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि

सुक्खा बन्दरगाह भन्सारः ६ महिनाको अवधिमा २३ अर्ब ३४ करोड संकलन

पर्सा । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा