नेपाल टेलिकमले यसै आर्थिक वर्षदेखि फाइभजी सेवा सुरू गर्ने



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल टेलिकमले फाइभ जी सेवामा लैजानको निम्ति तयारी गर्नुपर्ने बताएका छन् । बिहीबार नेपाल टेलिकमको १७ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपाल टेलिकम तत्काल फाइभ जीमा जानको लागि तयारी गर्नुपर्ने बताएका हुन् ।

दूरसञ्चार क्षेत्रमा छुट्टै पूर्वाधार कम्पनि वनाएर अघि वढ्ने घोषणा गर्दै उनले भने, ‘नेपाल टेलिकमले यसै आर्थिक वर्षदेखि फाइभजी सेवा पनि सुरू गर्नेछ ।’

फोर जी सेवाको व्यवस्थापन, कार्यान्वयन तथा लगानी गर्दाको प्रभावकारिता समीक्षा गर्दै फाइभ जी तर्फ जानुपर्ने उनको भनाई थियो । नेपाल टेलिकमको फ्रिक्वेन्सीहरुलाई प्रयोगहीन नबनाउन उनले आग्रह गरे । मन्त्री गुरुङले नेपाल टेलिकमलाई पूर्वाधार कम्पनीको रुपमा अघि बढाउनुपर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रकाशमानलाई सांसद ज्वालाको आग्रहः गणेशमानको बदनाम गनुभो, माफी माग्नुस्

काठमाडौँ । नेकपा एकीकृत सामाजवादीका सांसद प्रकाश ज्वालाले उपप्रधान तथा सहरी विकास मन्त्री

मन्त्री र शीर्षस्त नेताहरूको जिल्लामा बजेट बढी विनियोजन गरेर विभेद गरियोः सांसद केसी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बजेट सन्तुलिन नभएको बताएका छन् ।

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण, दुई खर्ब १७ अर्बको लक्ष्यमा ९९ अर्ब मात्र उठ्यो

काठमाडौँ । चालु आर्थिक वर्षमा दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने भनेर

सबै जनताका माग सम्बोधन हुने विषयमा संविधान संशोधन गर्न हिच्किचाउनु हुँदैनः सांसद शर्मा(अन्तरवार्ता)

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा सुनीलकुमार शर्मा मोरङ निर्वाचन क्षेत्र नं ३