नेप्सेमा दोहोरो अङ्कको गिरावट



काठमाडौं । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार उच्च अङ्कले ओरालो लागेको छ । नयाँ नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको नेप्सेमा आज देखिएको गिरावट पछिल्ला दिनमध्येको कारोबारको सबैभन्दा धेरै हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५४.७५ अङ्कले ओरालो लागेर दुई हजार ३७०.५४ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.७३ अङ्कले ओरालो लागेर ४३२.३३ मा ओर्लेको छ । कूल २०६ कम्पनीको एक करोड ६२ लाख ७७ हजार २४५ कित्ता शेयर आठ अर्ब ९७ करोड ३२ लाख ६ हजार ४५० मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १२ उपसमूहकै शेयर ओरालो लागेको छ । बैंकिङ ४२.०३, व्यापार १९.९६, होटल २३.०२, विकास बैंक ५१.४६, जलविद्युत् ३७.१२, निर्जीवन बीमा २६४.०४, उत्पादन १३२.९५, अन्य २५.५९, लघुवित्त १२१.२३, जीवन बीमा ४६०.३७ र सामूहिक लगानी कोष ०.०६ अङ्कले ओरालो लागेको छ ।

कारोबार भएका कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४३ करोड ४३ लाख ७६ हजार ४५२ बराबरको कारोबार भएको छ । यस्तै शिखर इन्स्योरेन्स रु ३४ करोड ७९ लाख ९५ हजार ७५, प्रभु लाइफ इन्स्योरेन्स ३१ करोड ८२ लाख २६७, एनआइसि एशिया बैंक ३० करोड ८७ लाख २० हजार ७८, नेपाल दूरसञ्चार कम्पनी ३० करोड ६२ लाख ६५ हजार २१, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रु २८ करोड ८३ लाख ३८ हजार ९७८, नेको इन्स्योरेन्स २३ करोड १३ लाख ९८ हजार ७३२, हिमालयन डिस्टिलरी २१ करोड ७३ लाख दुइृ हजार ८४९ र प्रभु बैंक २१ करोड ६६ लाख ५६ हजार २०२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबार भएका कम्पनीमध्ये प्रभु लाइफ इन्स्योरेन्स ९.९३, सगरमाथा इन्स्योरेन्स ८.७३, सिभिल लघुवित्त ६.०२, नारायणी डेभलपमेन्ट बैंक ५.७८, कालिका माइक्रोक्रेडिटका लगानीकर्ताले ४.४९ कमाए । यस्तै, रिलायन्स फाइनान्स ८.३०, गुर्खाज फाइनान्स ७.८३, युनाइटेड इदी मदी हाइड्रोपावर ७.६६, गुडविल फाइनान्स ७.५४ र मल्टिपर्पोज फाइनान्सका लगानीकर्ताले ७.४१ प्रतिशतले गुमाए ।

दुई कम्पनीको कारोबार रोक्का

नेपाल स्टक एक्सचेञ्जले विशाल बजार कम्पनी र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको दोस्रो बजार कारोबार रोक्का गरेको छ । प्रत्येृक आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको पाँच महिनाभित्र नेप्सेमा पेश गर्नुपर्नेमा त्यसो नगरेको पाइएपछि ती दुई कम्पनीको शेयर कारोबार रोक्का गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्व बैंकले नेपालमा रोजगारी सृजना, जलवायु अनुकूलन र विपद जोखिम न्यूनीकरणका क्षेत्रमा लगानी बढाउने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैंक समूहका प्रबन्ध निर्देशक तथा प्रमुख

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

लुम्बिनी । पर्यटकीय राजधानी पोखराका पर्यटन व्यवसायीहरू पोखरा घुम्न निम्तो दिँदै विभिन्न सहरमा

पोर्चुगलमा लोकप्रिय नेपालीको रेष्टुरेन्ट उत्कृष्ट अवार्ड जित्न सफल

काठमाडौँ । नेपाली सेफ टङ्क सापकोटाले पोर्चुगलमा सञ्चालन गरेको रेष्टुरेन्ट ‘उत्कृष्ट अवार्ड’ को

‘टेक एन्ड पे’ को व्यवस्थालाई सच्याउन अर्थ मन्त्रालयलाई पत्र पठाइसकेको छः उर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बजेटमा उल्लेख भएको ‘टेक एन्ड