फर्निचर तथा फर्निसिङ सङ्घमा नयाँ नेतृत्व चयन



काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ सङ्घमा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन भएको छ ।

शनिबार भएको सङ्घको २१औँ साधारणसभा तथा अधिवेशनले कार्यसमितिका सबै पदाधिकारी सर्वसम्मत चयन गरेको हो ।

सङ्घको अध्यक्षमा सुभेन्द्र जोशी चयन भएका छन् भने वरिष्ठ उपाध्यक्षमा दिनेश अग्रवाल, उपाध्यक्षमा मनीष अग्रवाल र अरुण चौधरी, महासचिवमा अर्जुन घिमिरे र सचिवमा सञ्जय लामा चयन भएका छन् । यस्तै कोषध्यक्षमा सुष्मा लम्साल र सहकोषध्यक्षमा केदारनाथ बस्ताकोटी चयन हुनुभएको छ । सदस्यमा योगेन्द्र कार्की, रमिला श्रेष्ठ, दिलविक्रम श्रेष्ठ, भोला योञ्जन, सम्यकमान सिंह, डम्बर पराजुली र प्रवीणकुमार थापा चयन भएका छन् ।

वन पैदावारको उचित सदुपयोग हुन नसक्दा खेर गइरहेको पैदावार बराबरको वस्तु आयात गर्नु परिरहेको सङ्घको गुनासो छ । साधारणसभामा सङ्घका निवर्तमान अध्यक्ष रुपेश प्रधानले वैज्ञानिकीकरण, बजारीकीकरण र आधुनिकीकरण हुन नसक्दा वन पैदावरको सरल उपयोग हुन नसकेको बताए ।

उत्पादित काठ पनि समयमा कटान, संरक्षण, लिलाम र व्यवस्थापन गर्न नसक्दा फर्निचर व्यवसायीले समस्या खेप्नु परिरहेको, चाहिएको बखतमा उचित मूल्यमा सुलभ तरिकाले वन पैदावर नपाउँदा आयातित काठजन्य कच्चा पदार्थमा भर पर्ने दिन आएको उनको भनाइ थियो ।

सङ्घले फर्निचर उद्योगले प्रतिस्पर्धा गर्न सक्ने कर नीति ल्याउन पनि सरकारसँग माग गरेको छ । नत्र हाल सरकारी निकायले पनि आवश्यक फर्निचर सामग्री विदेशबाट आयात गर्ने प्रचलन बढेर जाने सङ्घको ठहर छ । सङ्घका नवनिर्वाचित अध्यक्ष जोशीले कोभिड–१९ का कारण माग कटौती हुँदा व्यवसाय सङ्कटमा परेको बताए ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले देशलाई काठ निर्यात गर्ने अवस्थामा पु¥याउनका लागि वैज्ञानिक वन कार्यविधि खारेज गरिएको बताएका थिए । उहाँले वर्षेनी १२ अर्ब बराबरको काठ आयात भइरहेको अवस्थालाई मध्यनजर गर्दै स्वदेशी उत्पादनको खपत बढाउन र काठ निर्यात गर्ने अवस्थामा पुर्याउन वैज्ञानिक वन कार्यविधि खारेज गरिएको उनले बताए ,।

देशभर १२ हजारको हाराहारीमा फर्निचर व्यवसायी छन् । यो व्यवसायले दुई लाख बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । सो व्यवसायमा करिब ३० अर्बको लगानी छ भने वार्षिक कारोबार ४० अर्ब माथि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्व बैंकले नेपालमा रोजगारी सृजना, जलवायु अनुकूलन र विपद जोखिम न्यूनीकरणका क्षेत्रमा लगानी बढाउने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैंक समूहका प्रबन्ध निर्देशक तथा प्रमुख

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

लुम्बिनी । पर्यटकीय राजधानी पोखराका पर्यटन व्यवसायीहरू पोखरा घुम्न निम्तो दिँदै विभिन्न सहरमा

पोर्चुगलमा लोकप्रिय नेपालीको रेष्टुरेन्ट उत्कृष्ट अवार्ड जित्न सफल

काठमाडौँ । नेपाली सेफ टङ्क सापकोटाले पोर्चुगलमा सञ्चालन गरेको रेष्टुरेन्ट ‘उत्कृष्ट अवार्ड’ को

‘टेक एन्ड पे’ को व्यवस्थालाई सच्याउन अर्थ मन्त्रालयलाई पत्र पठाइसकेको छः उर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बजेटमा उल्लेख भएको ‘टेक एन्ड