महासंघद्वारा पर्यटन तथा हवाई उड्डयन समिति विस्तार



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले पर्यटन तथा हवाई उड्डयन समिति विस्तार गरेको छ । महासङ्घका कार्यकारिणी समितिका सदस्य ज्योत्सना श्रेष्ठकोे सभापतित्वमा गठित समितिको सहसभापतिमा नाटाका अध्यक्ष अच्युत गुरागाईं, नेपाल टुरिजम वोर्डकी निर्देशक नन्दिनी लाहे थापा र टानका अध्यक्ष खुमबहादुर सुवेदी चुनिएका छन् ।

समितिका सदस्यमा महासङ्घको कार्यकारिणी समितिका सदस्य पुष्पराज कुंवर, नेपाल वायुसेवा निगमका निर्देशक जनकराज कालाखेती, आइएमई ट्राभलसका प्रमुख कार्यकारी अधिकृत रुद्रप्रसाद सापकोटा र्याडीशन होटलका महाप्रवन्धक अनिलदास श्रेष्ठ र पाटाका अध्यक्ष विभुती चन्द ठाकूर छन् ।

समितिका सल्लाहकारमा डोल्मा कन्सलटेन्सीका हेड अफ प्राक्टिस टुरिजम उपल मजुमदार र महासङ्घको कार्यकारिणी समितिका पूर्वसदस्य रामशरण थपलिया छन् ।

त्यसैगरी समितिमा आमन्त्रित सदस्यमा मेरियट होटलका निर्देशक गौरव अग्रवाल, कतार एयर लाइन्सका देशीय निर्देशक मोहमद इमाम, यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमाल, डोल्पा उद्योग वाणिज्य सङ्घका कार्यकारिणी सदस्य जितेन्द्र झाँक्री, होटल स्नेहाका महाप्रवन्धक देवांश राणा, होटल व्यवसायी महासङ्घका निवर्तमान अध्यक्ष अमृत भुजेल, ललितपुर उद्योग वाणिज्य सङ्घका कार्यकारिणी सदस्य अपुलाल अवालेलगायत रहेका छन् ।

समिति विस्तार समारोहलाई सम्वोधन गर्दै महासङ्घका अध्यक्ष शेखर गोल्छाले भने “यदि हामीसँग रहेको पर्यटन सम्भाव्यताको सही अर्थमा बजारीकरण गर्न सक्यौं भने हामीले निकै धेरै लाभ उठाउन सक्छौँ ।” उनले अवको ध्यान सशक्त बजारीकरणका साथ गुणस्तरीय पर्यटक भित्राउनेतर्फ हुनुपर्ने र यसमा महासङ्घको पर्यटन तथा हवाई उड्डयन समितिले विशेष भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिडले धरासायी भएको पर्यटन क्षेत्रलाई पुनःजीवन दिन समितिबाट महत्वपूर्ण पहल हुने भन्दै त्यसमा आफूबाट पूर्णसहयोग रहने विश्वास दिलाए । महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न महासङ्घका सबै सदस्यलाई विशेष छुट दिने स्किम होटल, रिसोर्ट, लजले ल्याउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुग्ध विकास संस्थानले तिर्‍यो ३१ वर्षको सम्पत्ति कर

काठमाडौँ । दुग्ध विकास संस्थानले काठमाडौँ महानगरपालिकालाई ३१ वर्षको सम्पत्ति कर एकै पटक

पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा १६ प्रतिशत मात्रै

अमेरिकी डलर उकालो लाग्दा कुन विदेशी मुद्राको भाउ बढ्यो र कुनको घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको

नेप्सेमा सात अंकको गिरावट

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा गिरावट आएको छ ।