राजस्वसम्बन्धी गुनासा सम्बोधन गर्न एकाइ गठन गर्दै महासङ्घ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले कर तथा राजस्व समिति विस्तार गरेको छ । महासङ्घका कार्यकारिणी समितिका सदस्य सन्दीपकुमार अग्रवालको सभापतित्वमा गठन भएको समिति सदस्यमा सन्दिप अग्रवाल, गोविन्द ढुंगेल, कृष्णप्रसाद दुलाल र निरञ्जन श्रेष्ठ छन् ।

समितिका सदस्यमा फ्रेट फरवार्डर एशोसिएशन अफ नेपालका प्रथम उपाध्यक्ष राजेन्द्र संग्रौला र नेपाल औषधि उत्पादक सङ्घका निवर्तमान अध्यक्ष दिपकप्रसाद दाहाल छन् । त्यसैगरी समितिको आमन्त्रित सदस्यमा महासङ्घको उद्योग समितिका सभापति भरतराज आचार्य, निर्यात प्रवद्र्धन समितिका सभापति मनिषलाल प्रधान, व्यापार समितिका सभापति विजयसिंह वैद्य, अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समितिका सभापति आनन्दकुमार वगाडिया, बैक वित्तिय तथा विमा समितिका सभापति शाहिल अग्रवाललगायत छन्।

महासङ्घका अध्यक्ष शेखर गोल्छाले समितिका विभिन्न जिम्मेवारीमा चयन भएका सदस्यलाई औपचारिक पत्र हस्तान्तरण गर्दै उद्यमी व्यवसायीका समस्या तथा कठिनाइ पहिचान गरी निराकरण गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरे ।

उनले समितिको जिम्मेवारी निकै गहन भएकाले समितिले हासिल गर्ने प्रगति वर्तमान कार्यसमितिको सफलतासँग समेत जोडिएकाले सोहीअनुसार काम गर्नेमा जोड दिए । महासङ्घ सचिवालयमा कर, राजस्वसम्बन्धी समस्या एवं गुनासो सम्बोधन गर्न एक एकाइ स्थापना गर्ने योजना रहेको पनि उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको एघार महिनामा एक खर्ब ५८

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको

कुन प्रदेशको बजेट कस्तो ?

काठमाडौ । प्रदेश सरकारहरुले आइतबार आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३३ अर्ब ४७ करोडको बजेट

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३३ अर्ब