कृषिमा एकद्वार प्रणाली लागू गर्न तीन विभागबीच सम्झौता



काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र र पशुसेवा विभागले आफ्ना कार्य एकद्वार प्रणालीमा ल्याउने भएका छन् । आयात–निर्यात व्यापारमा सहजीकरण ल्याउने उद्देश्यले आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सम्झौता गरिएको छ ।

मन्त्रालयमा भन्सार विभाग र कृषि मन्त्रालयअन्तर्गतका तीनै वटा विभागबीच सम्झौता भएको हो । सो अवसरमा कृषि मन्त्री पद्माकुमारी अर्यालले प्रविधिका प्रयोगबाट जनतालाई परिवर्तनको अनुभूति गराउन सरकार कटिबद्ध रहेको बताइन् ।

एकद्वार प्रणालीमार्फत अन्तर्राष्ट्रिय व्यापार तथा पारवहनसँग सम्बन्धित सबै सम्बद्ध पक्ष आयात–निर्यात तथा पारवहनका सम्पूर्ण आवश्यक कागजात तथा सूचना एकैपटक र एउटै प्रवेश विन्दुबाट प्रवेश गर्न सक्छन् ।

थाइल्याण्ड, सिङ्गापुर, मलेसिया, इण्डोनेसिया, दक्षिण कोरिया, किर्गिजस्थान, अजरबैजान, जापानलगायत एशियाली मुलुकले एकद्वार प्रणालीको अभ्यास गरिरहेका छन् ।

भारत, पाकिस्तान, बङ्गलादेश र मालदिभ्स तयारीका अवस्थामा छन् । विश्वमा एकद्वार प्रणाली सार्वजनिक तथा सार्वजनिक निजी साझेदारी अभ्यासमा रहेको देखिन्छ । एकद्वार प्रणालीबाट विभाग तथा कार्यालयको कार्यकुशलता बढ्ने, पारदर्शिता सूचनाको सरल आदानप्रदान, जोखिम व्यवस्थापनमा टेवा, विभिन्न निकायबीच समन्वय, विश्लेषणात्मक क्षमताको अभिवृद्धि र विद्युतीय भुक्तानी हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चैते धानको उत्पादन वृद्धि भएपछि बिक्री वितरणमा समस्या

काठमाडौँ । चैते धानको उत्पादन वृद्धि भएपछि बिक्री वितरणमा समस्या आएको छ ।

विदेशमा सीप सिकेर स्वदेशमा उद्यमी

भोजपुर। भोजपुरका युवाहरूमा पछिल्लो समय सीप सिकेर स्वरोजगार बन्ने लहर बढेको छ ।

रानी जमरा कुलरिया सिँचाइ आयोजनाद्वारा किसानलाई अनुदान

कैलाली । कैलालीको टीकापुरमा मोहन्याल भैँसीपालन फार्म सञ्चालन गर्दै आउनुभएका दुर्गाप्रसाद जैशी एक

पूर्वीनाका काँकडभिट्टाबाट १८ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

भद्रपुर । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा पूर्वीनाका काँकडभिट्टाबाट १८ अर्ब