महासङ्घको निर्यात प्रवद्र्धन समिति विस्तार



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले निर्यात समिति विस्तार गरेको छ । कार्यकारिणी समितिका सदस्य मनिषलाल प्रधानको सभापतित्वमा गठित निर्यात प्रवद्र्धन समिति बिहीबार विस्तार गरिएको हो । समितिको सहसभापतिमा महासङ्घको कार्यकारिणी समितिका सदस्य नरेशलाल श्रेष्ठ र महासङ्घको वाग्मती प्रदेशका उपाध्यक्ष सविन श्रेष्ठ चुनिएका छन् ।

त्यसैगरी समितिका सदस्यमा नेपाल अदुवा उत्पादक तथा व्यवसायी सङ्घका सचिव हेमन्तराज बोहरा, नेपाल पश्मिना उद्योग सङ्घका महासचिव अजयसिंह कार्की, नेपाल हस्तकला महासङ्घका उपाध्यक्ष सनम शाक्य, नेपाल अलैँची व्यवसायी सङ्घका अध्यक्ष राजकुमार कार्की, नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक सङ्घका अध्यक्ष अमृत खड्का, नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घका उपाध्यक्ष समीरविक्रम शाह चुनिएका छन् ।

त्यस्तै विशेष आमन्त्रित सदस्यमा बझाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष दानबहादुर सुर्मेली, ललितपुर उद्योग वाणिज्य संङ्घका कार्यकारिणी समिति सदस्य सविनलाल प्रधान, नारायण गोपाल श्रेष्ठ, गलैँचा व्यवसायी दावा शेर्पा, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका कार्यकारिणी समिति सदस्य सुसान्त चचान, नेपाल तयारी पोशाक उद्योग सङ्घको महासचिव अशोक अग्रवाल, महिला उद्यमी महासङ्घ नेपालका रुक्मणिदेवी श्रेष्ठ, नेपाल रत्न तथा आभूषण सङ्घका उपाध्यक्ष सुमन ताम्राकार छन् ।

समितिमा चुनिएका उद्यमी व्यवसायीलाई महासङ्घका तर्फबाट औपचारिक पत्र हस्तान्तरण गर्दै महासङ्घका अध्यक्ष शेखर गोल्छाले मुलुकको निर्यात प्रवद्र्धनमा समितिले सक्रियतापूर्वक कार्य गरी सिङ्गो समितिले निर्यात प्रवद्र्धनका विषयमा विज्ञ समूहका रुपमा काम गर्ने विश्वास आफूले गरेको बताए

महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले समितिले उद्यमी व्यवसायीले निर्यातका क्रममा भोग्नु परेका समस्याको पहिचान गर्दै समाधानतर्फ सरकारमा ठोस सुझाव दिन सक्रियतापूर्वक लाग्नुपर्ने बताए । कार्यक्रममा महासङ्घका उपाध्यक्ष अञ्जन श्रेष्ठले समितिले निर्यात प्रवद्र्धनका हरेक इस्युमा समितिका तर्फबाट ठोस कार्य गर्ने विश्वास प्रकट गर्दै समितिमा चुनिनुभएका सबैलाई बधाईसहित शुभकामना दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट मात्रै एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

पर्सा  । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर रु एक खर्ब

पाँचखालमा ‘विषादीरहित’ तरकारी सङ्कलन केन्द्र सञ्चालन

काभ्रे । काभ्रेको खाद्यान्न तथा तरकारीको भण्डारका रूपमा परिचित पाँचखाल नगरपालिकामा विषादीरहित तरकारी

साधारण सेयर बिक्री गर्दै स्वस्तिक लघुवित्त

काठमाडौं। नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्त वित्तीय संस्थालाई साधारण सेयर (आइपिओ) बिक्रीका लागि