तिलोत्तमाका दुग्ध उत्पादक किसानलाई नगरपालिकाको अनुदान



रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान रकम प्रदान गरेको छ । नगरपालिकाले सहकारीमार्फत दुग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैयाँका दरले अनुदान उपलब्ध गराएको हो ।

उत्पादनका आधारमा अनुदान दिने नीतिअनुरुप यो वर्ष किसानले ४५ लाख ९८ हजार ८०० रुपैयाँ प्राप्त गरेका छन् । अनुदानलाई साना किसानसम्म पुर्याउन एक आर्थिक वर्षमा सहकारीमार्फत बिक्री गरेको दूधको परिमाणअनुसार अनुदान रकम प्रदान गरिएको नगरप्रमुख वासुदेव घिमिरेले जानकारी दिए ।

सहकारीले उपलब्ध गराएको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदनको आधारमा २० दुग्ध उत्पादक सहकारीमा आबद्ध तीन हजार २५५ रुपैयाँ किसानले अनुदान रकम प्राप्त गरेका छन् ।

मङ्गलबार दुग्ध उत्पादक सहकारीलाई प्रदान गरिएको अनुदान रकम सहकारीमार्फत किसानले प्राप्त गर्नेछन् । नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा पनि यहीँ नीतिअनुरुप झण्डै ३७ लाख किसानलाई अनुदान उपलब्ध गराएको थियो ।

उत्पादनका आधारमा अनुदान दिँदा साना किसान लाभान्वित हुने भएकाले नगरपालिकाले उत्पादनका आधारमा अनुदान रकम दिने नीति लिएको नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले बताइन् ।

यस वर्ष सबैभन्दा बढी अनुदान रकम वडा नं १४ स्थित गौतमबुद्ध दूध डेरी दुग्ध चिस्यान केन्द्रले प्राप्त गरेको छ । केन्द्रले नौ लाख २६ हजार ८५२ प्राप्त गरेको छ ।

वडा नम्बर १४ कै टिकुलीगढ दुग्ध उत्पादक सहकारीले पाँच लाख २० हजार ५४, वडा नम्बर १२ को गोकुल दुग्ध उत्पादक सहकारीले चार लाख ७० हजार ५२७, वडा नम्बर ६ को पञ्चामृत दुग्ध उत्पादक सहकारीले चार लाख २७ हजार ५५७ रुपैयाँ प्राप्त गरेको छ ।

गत वर्षको तुलनामा यस वर्ष दुग्ध उत्पादन बढ्दा किसानले झण्डै आठ लाख बढी अनुदान रकम प्राप्त गरेका छन् । दूधमा आत्मनिर्भर तिलोत्तमामा वार्षिक एक करोड लिटर दूध उत्पादन हुने गरेकामा त्यसको झण्डै आधा दूध सहकारीमार्फत बिक्री वितरण हुने भएको छ ।

दुग्ध उत्पादक सहकारी सङ्घका केन्द्रीय सदस्य हरि काफ्लेले किसानको पक्षमा नगरपालिकाले गरेका काम प्रशंसनीय रहेको भन्दै सोझै किसानको हातमा रकम जाने यो कार्यक्रम सबैका लागि अनुकरणीय रहेको बताए । सङ्घका जिल्ला अध्यक्ष लेखनाथ पाण्डेयले तल्लो तहका किसानको गोठमा पुग्ने अनुदानले साना किसानलाई प्रोत्साहन मिलेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न ६२ खर्ब लगानी आवश्यक पर्ने

काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत् उत्पादनको

६ महिनाको मध्यपुरथिमि नगरपालिकाको आम्दानी १४ करोड

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो छ महिनामा १४ करोडभन्दा बढी

भृकुटीमण्डपमा फर्निचर एक्स्पो सुरु, उद्योगमन्त्री भण्डारीद्वारा उद्घाटन

काठमाडौँ। नेपाल उड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दसौँ संस्करण आजदेखि भृकुटीमण्डपमा

लगानीकर्ताले कसरी लिने कानुनी लाभ ?

-अचुतकुमार ओझा धितोपत्र बजार जोखिम र सम्भावनाको पिङ हो । यहाँ हरेकले कमाउन