६ सय रुपैयाँले उकालो लाग्यो सुनको मूल्य



काठमाडौं । सुनको मूल्यमा बिहीबार पनि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले बिहीबारका लागि तोकेको मूल्यअनुसार छापावाल सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको छ ।

प्रतितोला ९२ हजार ५०० रुपैयाँमा बुधबार कारोवार भएको छापावाल सुन बिहीबार भने ९३ हजार १०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोवार भएको छ । तेजाबी सुन बुधबार तोलामा ९२ हजारमा कारोवार भएको थियो । यस्तै चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । एक हजार २६० रुपैयाँमा बुधबार कारोवार भएको चाँदी बिहीबार भने एक हजार २७५ रुपैयाँ मूल्य निर्धारण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मन्त्री र शीर्षस्त नेताहरूको जिल्लामा बजेट बढी विनियोजन गरेर विभेद गरियोः सांसद केसी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बजेट सन्तुलिन नभएको बताएका छन् ।

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण, दुई खर्ब १७ अर्बको लक्ष्यमा ९९ अर्ब मात्र उठ्यो

काठमाडौँ । चालु आर्थिक वर्षमा दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने भनेर

वीरगञ्ज नाकाबाट मात्रै एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

पर्सा  । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर रु एक खर्ब