मेगा बैंकले इन्जिनियरहरुलाई बिना धितो १५ लाख रुपैयाँसम्म ऋण दिने



काठमाडौं । अब इन्जिनियर तथा आर्किटेक्टले १५ लाख रुपैयाँसम्म बिना धितो ऋण पाउने भएका छन् । नेपाल इन्जिनियर्स एसोसिएसनको पहलमा इन्जिनियर तथा आर्किटेक्टले १५ लाख रुपैयाँसम्म बिना धितो ऋण पाउने भएका हुन् ।

एसोसिएसनका सदस्य भएका र सदस्यता नविकरण गरेका हरेक इन्जिनियरले यो सुविधा प्राप्त गर्ने गरी मेघा बैंकसँग सहमति पत्रमा मंगलबार हस्ताक्षर भएको छ । एसोसिएसनको कार्य समितिको उपस्थितिमा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खञ्जेलीले सहमतिपत्रमा हस्ताक्षर गरेकी हुन् । सम्झौतापत्रमा एसोसिएसनका तर्फबाट अध्यक्ष ई. प्रा.डा. त्रिरत्न बज्राचार्यले हस्ताक्षर गरेका छन् ।

एसोसिएसनका कोषाध्यक्ष ई. रामएकवाल यादवका अनुसार मेघा बैंकको नेपालभर रहेको कुनै पनि शाखाबाट इन्जिनियरले आफ्नो व्यवसाय संचालनका लागि यो रकम ऋण लिन सक्नेछन् । सो रकममध्ये वार्षिक ५ लाख क्रेडिट कार्डमार्फत प्रयोग गर्न मिल्ने व्यवस्थासमेत गरिएको छ ।

साथै, एसोसिएसनका सदस्य बनेका इन्जिनियर तथा आर्किटेक्टको १० लाख रुपैयाँ बराबरको दुर्घटना विमा गर्ने सहमति समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ विदेशी मुद्राको विनिमय दर

  काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

शेयर बजारमा पाँच अर्ब ६५ करोडको कारोबार

काठमाडौं । सोमबार शेयर बजार नेप्से उच्च अंकले घटेको छ । सोमबार नेप्से

सहकारी र लघुवित्तपीडितहरु आन्दोलित

काठमाडौं । सहकारी, लघुवित्त एवं मिटरव्याज पीडितहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

कायम मुकायम गभर्नरको जिम्मेवारी निलम ढुंगानालाई

  काठमाडौँ । नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायममुकायम