महासङ्घद्वारा रोजगारदाता परिषद् गठन



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले रोजगारदाता परिषद् गठन गरेको छ । एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र सङ्घाईको अध्यक्षतामा महासङ्घको रोजगारदाता परिषद् गठन गरिएको हो । परिषद्को उपसभापतिमा महासङ्घको कार्यकारिणी समितिका सदस्य प्रवलजङ्ग पाण्डे चुनिनु भएको महासङ्घले जनाएको छ ।

परिषद्का सदस्यमा एशोसिएट समूहबाट महासङ्घको कार्यकारिणी समिति सदस्य कृष्णलाल महर्जन, महासङ्घको पूर्व कार्यकारिणी समिति सदस्यमा विनोद ढकाल, विराट थापा, नेपाल जुट उद्योग सङ्घका राजकुमार गोल्छा र प्रतिनिधि डाबर नेपाल चुनिएका छन् ।

त्यसैगरी वस्तुगत सङ्घ समूहबाट परिषद्को सदस्यहरूमा महासङ्घको कार्यकारिणी समिति सदस्य अरनिको राजभण्डारी, नेपाल तयारी पोशाक सङ्घका इमानसिंह लामा, जिल्ला नगर समूहबाट सदस्यहरूमा उद्योग सङ्गठन मोरङका राकेश सुराना, वीरगञ्ज र सिद्धार्थनगर उवासङ्घका प्रतिनिधि छन् ।

यस्तै प्रदेश समूहबाट परिषद्को सदस्यहरूमा प्रदेश १ बाट महासङ्घको कार्यकारिणी समिति सदस्य राजेन्द्र राउत, वाग्मती प्रदेशबाट महासङ्घको कार्यकारिणी समिति सदस्य दिलसुन्दर श्रेष्ठ, गण्डकी प्रदेशबाट लक्ष्मीप्रसाद त्रिपाठी, लुम्बिनी प्रदेशबाट दीपक पौडेल चुनिएका छन् ।

यस्तै परिषद्ले असल श्रम सम्बन्धको प्रवद्र्धन गर्ने, अन्तर्राष्ट्रिय श्रम सङ्गठनसम्बन्धी, अन्तर्राष्ट्रिय क्षेत्रीय विदेशी रोजगारदाताहरुको सङ्घसंस्थासँग आवश्यक सम्बन्ध स्थापित गर्ने र सोसँग सम्बन्धित काम गर्ने, श्रम समस्या निराकरण गर्न प्रयत्न गर्ने र त्यस्ता समस्याको समाधानका लागि नेपाल सरकारमा सुझाव प्रस्तुत गर्नेलगायत काम गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्सेमा दोहोरो अंकको गिरावट, दुई अर्ब १० करोडको कारोबार

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि ओरालो

एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी

  तनहुँ । सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ बचतले  आठ करोडको

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष

काठमाडौँ । कोरोना महामारीका कारण थलिएको नेपालको पर्यटन क्षेत्र वर्ष २०८० मा सुधारोन्मुख

तोलामा १ हजार सात  सय रुपैयाँले बढ्यो सुनको मूल्य

  काठमाडौँ ।  स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य मंगलबार प्रतितोला  एक हजार