नेप्सेमा दोहोरो अङ्कको वृद्धि,सवा ६ अर्ब बढीको कारोबार,बजार पूँजीकरण ३१ खर्ब



काठमाडौं । लगाातार नयाँनयाँ रेकर्ड बनाउँदै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ ।

आजको वृद्धिपछि नेप्से नयाँ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार २८.४६ विन्दुले वृद्धि भई नेप्से दुई हजार ३१५ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.१७ विन्दुले वृद्धि भई ४४३.४२ मा पुगेको छ । नेप्सेको वृद्धिसँगै कारोबार रकममा समेत वृद्धि देखिएको छ ।

कूल २०८ कम्पनीको एक करोड ५० लाख ३५ हजार २२१ कित्ता शेयर रु छ अर्ब ३७ करोड ४२ लाख ६७ हजार ७८२ मूल्यमा खरीदबिक्री भए । आजको वृद्धिसँगै बजार पूँजीकरण रु ३१ खर्ब १८ अर्ब २९ करोड ५४ लाख बराबर पुगेको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज जलविद्युत् उपसमूहको शेयर ओरालो लागेको छ । कूल ११ उपसमूहको शेयर उकालो लाग्दा व्यापार, जीवन बीमा र लघुवित्त उपसमूहमा भने उल्लेख्य वृद्धि देखिएको छ ।

जलविद्युत् ७.२ ले ओरालो लाग्दा बैंकिङ १.०१, व्यापार २३२.९७, होटेल १६.८७, विकास बैंक ११०.०१, वित्त २५.०१, निर्जीवन बीमा ७८.०५, उत्पादन ४९.८२, अन्य ६०.७६, लघुवित्त ११५.५५, जीवन बीमा २२१.०१ र सामूहिक लगानी कोष ०.०८ ले उकालो लागेको छ ।

कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु ५८ करोड १० लाख १२ हजार ६६ बराबरको कारोबार भयो ।

यस्तै एनआइसी एसिया बैंक रु २२ करोड ९० लाख २४ हजार ८७९, सिभिल बैंक रु २० करोड ९९ लाख सात हजार ६९६, नेपाल पुनर्बीमा कम्पनी रु १८ करोड ६९ लाख ९७ हजार ८६८, नेको इन्सुरेन्स कम्पनी रु १७ करोड १० लाख पाँच हजार ३७३, नेपाल बङ्गलादेश बैंक रु १५ करोड ८४ लाख ९३ हजार ६१४, प्रभु बैंक रु १५ करोड ६५ लाख ६१ हजार ७५८, नेपाल लाइफ इन्सुरेन्स रु १४ करोड ९० लाख ९३ हजार ८५१ र एभरेष्ट बैंक रु १२ करोड ४२ लाख सात हजार ७८१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ । कारोबार भएकामध्ये कूल ११८ कम्पनीको शेयरमा वृद्धि भएको छ भने ५२ कम्पनीको शेयर ओरालो लागेको छ ।

यस्तै पाँच कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन देखिएन । कारोबारका आधारमा साल्ट टे«डिङ कर्पोरेशन १०, गुराँस लघुवित्त ९.९८, नारायणी डेभलपमेन्ट बैंक ९.९८, कर्पोरेट डेभलपमेन्ट बैंक ९.९७, सामुदायिक लघुवित्त ९.९७, प्रभु लाइफ इन्सुरेन्स ९.९६, किसान लघुवित्त ९.९५, महिला सहयात्रा माइक्रोफाइनान्स ९.९३, आरम्भ चौतारी लघुवित्त ९.९२ र मञ्जुश्री फाइनान्सका लगानीकर्ताले ९.९२ प्रतिशतले कमाए ।

यसैगरी युनाइटेड फाइनान्स ५.७१, मिर्मिरे लघुवित्त ३.११, नेपाल एसबिआई बैंक २.७९, रसुवागढी हाइड्रोपावर २.५८, साञ्जेन जलविद्युत् कम्पनी २.०६, शिवश्री हाइड्रोपावर २, एनआइसी एसिया ऋणपत्र १.९६, सनराइज बैंकको ऋणपत्रका लगानीकर्ताले १.८६ प्रतिशतले गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंक र आईएफसीबीच जोखिम व्यवस्थापन सेवासम्बन्धी समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग

काठमाडौँ । उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी मान्यता दिन माग गरेका छन्

सरकारले तोक्यो चैते धानको मूल्य

काठमाडौँ ।  सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार भने उकालो